लन्डन । बेलायत छन्त्याल संघले छन्त्याल समुदायको महान पर्व छार म्हेङ (नयाँ वर्ष) तथा म्हिलाङे सोङ्ती (माघे संक्रान्ति) पर्व मनाएको छ । सोमबार हटफिल्ड भिलेज आसफोर्ड केन्ट शहरमा पर्व मनाइएको हो ।
संघले सदाझैं यस वर्ष पनि बेलायतमा छरिएर रहेका छन्त्यालहरुलाई एक ठाउंमा भेला गरी आफ्नो मौलिक परम्परा, कला, संस्कृतिलाई निरन्तरता दिने कार्य गरेको छ । बेलायतको परिवेशलाई ध्यानमा राखी संघले हरेक वर्ष जनवरी १ तारिखलाई छन्त्यालहरुको महान पर्व छार म्हेङ तथा म्हिलाङे सोङ्ती मनाउने चलन कायम राखेको छ । बेलायतमा उक्त दिन सार्वजनिक बिदा दिइने हुंदा प्रायजसोलाई विदा मिल्ने भएको कारण यस दिनलाई संघले छन्त्याल समुदायको मिलन बिन्दुको रुपमा पनि लिएको छ ।
अध्यक्ष झक छन्त्याल र नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष तुल छन्त्यालले पानसमा बत्ति बाली कार्यक्रम उद्घाटन गरेका थिए । त्यस पश्चात छन्त्याल जातिको परम्परा अनुसार १२ थरका लागि १२ जना विशेष ब्यक्तित्वहरुको बाहुलीबाट मैनबत्ती बाली विभिन्न परिकारका खानेकुरा चढाई पितृ सम्झने र पूज्ने कार्य भयो ।
कार्यक्रममा उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई कदरपत्र दिएर सम्मान पनि गरिएको थियो । त्यसैगरी भर्खर नेपालबाट आएका नयाँ सदस्यहरु लगायत बिभिन्न राष्ट्रबाट आएका आगन्तुक पाहुनाहरुलाई पनि स्वागत तथा सम्मान गरियो । साथै नयाँ घर किनेर प्रगति गरेका सदस्यहरुलाई पनि हौसलाको रुपमा संघले बधाई तथा सम्मान गरेको थियो ।
कार्यक्रममा संघका कोषाध्यक्ष याम छन्त्याल, आसफोर्ड नेपलिज कम्युनिटी उपाध्यक्ष कप्रसाद छन्त्याल, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष तुल छन्त्याल, संघका अध्यक्ष झक छन्त्याल लगायतका वक्ताहरुले छन्त्याल जातिको परम्परा, कला, संस्कार संस्कृति तथा पहिचान र अधिकार सुनिश्चितताका लागि विश्वभरीका छन्त्यालहरु एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सांस्कृतिक सचिव नरसिङ घरब्जा र टिमले ‘लालै गीत’ तथा छन्त्याल जातिको कला संस्कृति झल्कने नृत्यका साथमा मनोरन्जन दिएको थियो । बेलायत जस्तो व्यस्त जीवन शैली र अलग कला संस्कृति भएको राष्ट्रमा पनि आफ्नो समुदायको कला संस्कृति झल्कने मौलिक चाड मनाउन पाउंदा सहभागी सबैजना हर्षोउल्लासका साथ झुमिरहेका देखिन्थे ।
कार्यक्रम संघका अध्यक्ष झक छन्त्यालको अध्यक्षता, आदिवासी जनजाती महासंघ बेलायतका अध्यक्ष तुल छन्त्यालको प्रमुख आतिथ्य, उपाध्यक्ष हेम छन्त्यालको स्वागत र महासचिव मुकेन छन्त्यालको सञ्चालनमा भएको थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि