सोमबार, कार्तिक १० २०७७ | Mon, October 26, 2020
नेपालको समय: ०८:०२ | UK Time: 02:17

लन्डनमा पृथ्बी जयन्ती मनाइंदै

वीनेपाली
२०७४ पुष १८ गते २०:०२


लन्डन । लन्डनमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९६ औं जन्म जयन्ती कार्यक्रम गरिने भएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले एक कार्यक्रमबीच ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाउन लागेको हो । आगामी जनवरी ११ तारिख दिउंसो लन्डन सडबरी टाउनस्थित हिमालयन क्लबमा कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक भरत क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीले बेलायतस्थित बुद्धिजिवी, व्यवसायी, विभिन्न राजनीतिक दल निकट संगठन तथा नेपाली संघसंस्थाका प्रतिनिधि, एनआरएन अभियन्ता र विद्यार्थीको सहभागितामा कार्यक्रम गर्न लागिएको जनाउंदै इच्छुकलाई सहभागिताका लागि निमन्त्रणा गरेका छन् ।

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले देशको विषम परिस्थितिमा पनि सन् २००७ देखि लन्डनमा वर्षेनी कार्यक्रम गरि पृथ्वी जयन्ती मनाउंदै आएको छ । ‘गणतन्त्र स्थापना भएपछि नेपाल सरकारले नगरेपनि संगठन विभिन्न आलोचनाबीच पृथ्वी जयन्ती मनाउन कहिल्यै पछि परेन’, कार्यक्रम संयोजक भरत क्षेत्रीले भने, ‘इतिहास कसैले बंग्याउन मिल्दैन । नेपाल एकीकरणका सूत्रधार पृथ्बी नारायण शाहको योगदानलाई केही दलका नेताले बिर्सेपनि राष्ट्र निर्माता सबै नेपालीको मन मस्तिष्कमा छन् ।’

शाहले विभिन्न भूभाग एकीकरण गरि आधुनिक नेपाल निर्माण गरेको इतिहास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक