
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा संग भेटघाट गर्दै निर्वाचन आयोगका आयुक्तहरु । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, १४ पुस – निर्वाचन आयोगले नेपाल सरकारलाई राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ २५ गते गर्न परामर्श दिएको छ ।
सरकारले आयोगको परामर्शमा निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक व्यवस्थानुरुप आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उक्त मितिको परामर्श दिएको आयोग स्रोतबाट थाहा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँको सरकारी निवास, बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितको आयोगको टोलीले भेटेर उक्त निर्वाचनको यथाशीघ्र मिति घोषणा गर्न आग्रह गरेको थियो ।
यद्यपि सरकारले राजनीतिक दलसँग छलफल गरी मन्त्रिपरिषद्को आगामी बैठकपछि निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको बुझिएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सात प्रदेश राजधानीमा निर्वाचन केन्द्र तोक्ने तयारी आयोगले गरेको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभाका ५५० सदस्य तथा ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी दुई हजार ५६ जना मतदाता रहनुहुनेछ । प्रदेश राजधानी रहेको जिल्लाका जिल्ला न्यायाधीशलाई आयोगले निर्वाचन अधिकृत तोक्नेछ । उक्त निर्वाचनका लागि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ तथा प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ ।
राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट तीन महिला तथा एक एक दलित र अपाङ्गता वा अल्पसंख्यकसमेत गरी आठ आठ जनाका दरले ५६ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । उनान्साठी सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिबाट एक महिलासहित तीन जना मनोनयन गर्ने व्यवस्था छ । विद्यमान संवैधानिक व्यवस्थानुरुप राष्ट्रियसभामा २२ महिलाको प्रतिनिधित्व हुनेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?