
लन्डन । बेलायतको लन्डनमा मंगलबार गरिएको नागरिक सम्मान ‘गैर कानुनी’ पाइएको छ । एक संस्थाको निम्तोमा बेलायत आएर अर्कै व्यक्तिको आयोजनामा उक्त ‘कथित’ नागरिक सम्मान गरिएको हो ।
थर्ड आइको निम्तोमा टियर ५ भिजा लिएर करिब ६ महिनाअघि फिल्म अवार्ड गर्न बेलायत आएका थिए आर के सुवेदी । अहिले त्यही भिजामा बेलायत आएर सुवेदीले थर्ड आइसंग परामर्श र अनुमति नलिइ व्यवसायी सुरेन्द्रप्रसाद श्रेष्ठसंग व्यवसायिक रुपमा कार्यक्रम गरेका हुन् । सुवेदीले श्रेष्ठसंग मिलेर जुन कार्यक्रम गरे, त्यो बेलायतको कानुन अनुसार गैर कानुनी छ । ‘थर्ड आइले नै गरेको कार्यक्रममा सुवेदी आउन सक्छन् तर अर्कै व्यक्तिको आयोजनामा उनलाई व्यवसायिक कार्यक्रम गर्न कानुनले दिंदैन’, जानकार बताउंछन् ।
एउटा कार्यक्रमका लागि भनि लिएको भिजा अर्को व्यवसायिक प्रयोजनका लागि प्रयोग गरिनु वा कार्यक्रम सञ्चालन गरिनु गैर कानुनी मानिन्छ । यदि नयां कार्यक्रम गर्ने हो भने पुन आवेदन दिई बेलायतमा विधिवत दर्ता भएको संस्थाले सर्टिफिकेट अफ स्पोन्सरसीप (सिओएस) पठाएपछि मात्र कार्यक्रम गर्न सक्ने व्यवस्था छ । यो नियम उल्लंघन गरे बेलायत सरकारले अध्यागमन नियम उल्लंघनको आधारमा यहां आउन दश वर्षसम्म प्रतिवन्ध लगाउन सक्ने प्रावधान छ । गैर कानुनी कार्यमा साथ दिइ कार्यक्रम सञ्चालन गर्नु पनि आफैंमा अध्यागमन नियमको उल्लंघन हो ।
बेलायत संयोजक श्रेष्ठले कार्यक्रमको शीर्षकमा विभिन्न प्रायोजकहरुसंग रकम उठाएका छन् । टिकट शुल्क जनही तीस पाउण्ड उठाइएको छ । कुन व्यक्ति वा कम्पनीबाट कारोबार वा रकम संकलन गरिएको हो, त्यस हिसावको लेखाजोखा स्पष्ट हुन यहां अनिवार्य छ ।
सम्मानमा बिक्नेहरु पत्रकार विरुद्ध…
नागरिक सम्मानमा बिक्ने केही कथित वरिष्ठहरु पत्रकार विरुद्ध जाइ लागेका छन् । कार्यक्रमलाई पत्रकारहरुले शतप्रतिशत बहिष्कार गरेपछि आक्रोशित केही सम्मानितहरुले सञ्चारकर्मीलाई तारो बनाएका हुन् । उक्त सम्मान छनोट गरिएका अधिकांश अग्रजहरुले नै ‘बहिष्कार’ गरिदिएका थिए ।
आफूलाई वरिष्ठ कलाकार बताउने गोर्खा क्लवका मालिक मनिष श्रेष्ठले पत्रकारहरुलाई ‘आयोजकबाट हटेपछि तथ्यभन्दा बाहिर गएर समाचार लेखेको’ आरोप लगाउंदै ‘स्वघोषित’ ठूला पत्रकारहरुले ‘सिन्डीकेट’ लागू गर्न खोजेको जिकिर गरेका छन् ।
कार्यक्रम सञ्चालनका क्रममा पनि उनी पत्रकारहरुप्रति खनिए । सम्मानको ऋण तिर्न उनले पत्रकारहरुलाई ‘सके समर्थन गर्न नसके चुप लागेर बस्न’ धम्की दिए । उनले गलत उद्देश्यले प्रेरित कार्यक्रमलाई समर्थन नगरेको झोकमा ‘गलत संस्कार र खुट्टा तान्ने प्रवृत्ति विकास’ भएको आक्षेप समेत लगाए । श्रेष्ठले आयोजकप्रति कृतज्ञ भएर जति गुणगान गाएपनि उक्त सम्मानलाई बेलायतको समस्त नेपाली समुदायले बहिष्कार गरिदिएको छ ।
उनले नेपालमा नबिकेका चलचित्र लन्डनमा प्रदर्शन गर्दा दर्शक आएनन् भने पनि त्यो आक्रोश फेसबुकमा ओकल्ने गरेका छन् । श्रेष्ठको यस्तै रवैया बढे उनका भावी कार्यक्रम नै बहिष्कार गर्ने कतिपय पत्रकारहरुको चेतावनी छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा