लन्डन । नेपाल आर्थिक समृद्धिको बाटोमा उन्मुख भएको बताइरहंदा लन्डनमा व्यापार तथा लगानी विषयक एक सेमिनार हुने भएको छ । लन्डनस्थित नेपाली दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसीसी) को संयुक्त आयोजनामा बिहीबार सांझ कार्यक्रम गर्न लागिएको हो ।
बेलायती तथा नेपाली व्यवसायीहरु सहभागी हुने उक्त कार्यक्रममा नेपालमा लगानी र व्यापारका अवसरबारे चर्चा गरिने बिएनसीसी अध्यक्ष राजन कंडेलले जानकारी दिए । सेमिनारमा भारतीय मुलका ब्रिटिश व्यापारीको उल्लेख्य सहभागिता हुने कंडेलले बताए ।
उक्त सेमिनारमा बेलायतको विदेश मन्त्रालय (फरेन एण्ड कमनवेल्थ अफिस) की प्रतिनिधि जेनिफर नेल्सन, बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कंडेल लगायतले कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।
नेपालमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनपछि स्थायी सरकार गठनको मार्ग प्रशस्त भएका बेला वैदेशिक लगानी भित्रयाउने प्रयास स्वरुप हुन लागेको यस सेमिनारमा इच्छुक सबै व्यवसायीलाई आमन्त्रण गरिएको छ ।
नेपालमा एक/दुई हप्तामै राहदानी सेवा सरल हुने
नेपाली महिला फुटबल कप्तान एन्जिला तुम्बापोलाई बेलायतमा सम्मान
‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनिक
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता