लन्डन । नेपाल आर्थिक समृद्धिको बाटोमा उन्मुख भएको बताइरहंदा लन्डनमा व्यापार तथा लगानी विषयक एक सेमिनार हुने भएको छ । लन्डनस्थित नेपाली दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसीसी) को संयुक्त आयोजनामा बिहीबार सांझ कार्यक्रम गर्न लागिएको हो ।
बेलायती तथा नेपाली व्यवसायीहरु सहभागी हुने उक्त कार्यक्रममा नेपालमा लगानी र व्यापारका अवसरबारे चर्चा गरिने बिएनसीसी अध्यक्ष राजन कंडेलले जानकारी दिए । सेमिनारमा भारतीय मुलका ब्रिटिश व्यापारीको उल्लेख्य सहभागिता हुने कंडेलले बताए ।
उक्त सेमिनारमा बेलायतको विदेश मन्त्रालय (फरेन एण्ड कमनवेल्थ अफिस) की प्रतिनिधि जेनिफर नेल्सन, बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कंडेल लगायतले कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।
नेपालमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनपछि स्थायी सरकार गठनको मार्ग प्रशस्त भएका बेला वैदेशिक लगानी भित्रयाउने प्रयास स्वरुप हुन लागेको यस सेमिनारमा इच्छुक सबै व्यवसायीलाई आमन्त्रण गरिएको छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित