
काठमाडौँमा आइतबार आयोजित ६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, २४ मंसिर – प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकारको संरक्षण गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उनान्सत्तरीऔँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आज आयोजना गरेको कार्यक्रममा उहाँले सरकार सदैव मानव अधिकारको संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले मानव अधिकारको सुनिश्चित भए मात्र लोकतन्त्रको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सरकारले आयोगले गरेका सिफारिसहरु कार्यान्वयनलाई प्राथमिकता दिएको उल्लेख गर्दै आयोगको सहयोगका लागि सहयोग गर्न सदा तयार रहेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री देउवाले आयोगको भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने उल्लेख गर्दै आयोगले गरेको मानव अधिकार संरक्षण गर्न गरेको अनुगमनको प्रशंसा समेत गर्नुभयो ।
आयोगका अध्यक्ष अनुप शर्माले आयोगमा नेपालको विद्यमान दण्डहीनताको स्थितिको अन्त्य र सुशासनको प्रत्याभूति गर्न केन्द्रित हुन सकोस भन्ने शुभकामना व्यक्त गर्दै आयोगमा यो आर्थिक वर्ष परेका २२० उजुरीको अनुसन्धान सम्पन्न गरी नेपाल सरकारलाई सिफारिस गरेको जानकारी दिनुभयो ।
नवौं मानव अधिकार राष्ट्रिय महाभेलाका संयोजक लिली थापाले आफूलाई हिंसा भएपनि चुपचाप बस्ने संस्कृति भएको हुँदा मानव अधिकार हनन् भए पनि नभने प्रवृतिको अन्त्य गर्नु जरुरी भएको बताउनुभयो ।
आयोगले ‘सबैका लागि घर घरमा मानव अधिकार- शान्ति र विकासका आधार’ भन्ने नाराका साथ मानव अधिकार अभियान सञ्चालन गरेको छ । यो दिवसका अवसरमा ‘हाम्रो अधिकार, हाम्रो स्वतन्त्रता – सधैँका लागि’ भन्ने अन्तर्राष्ट्रिय नारा तथा ‘समृद्धि र विकासको आधार – युवा र महिलालाई समान अवसर’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची