
काठमाडौँमा आइतबार आयोजित ६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, २४ मंसिर – प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकारको संरक्षण गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उनान्सत्तरीऔँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आज आयोजना गरेको कार्यक्रममा उहाँले सरकार सदैव मानव अधिकारको संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले मानव अधिकारको सुनिश्चित भए मात्र लोकतन्त्रको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सरकारले आयोगले गरेका सिफारिसहरु कार्यान्वयनलाई प्राथमिकता दिएको उल्लेख गर्दै आयोगको सहयोगका लागि सहयोग गर्न सदा तयार रहेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री देउवाले आयोगको भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने उल्लेख गर्दै आयोगले गरेको मानव अधिकार संरक्षण गर्न गरेको अनुगमनको प्रशंसा समेत गर्नुभयो ।
आयोगका अध्यक्ष अनुप शर्माले आयोगमा नेपालको विद्यमान दण्डहीनताको स्थितिको अन्त्य र सुशासनको प्रत्याभूति गर्न केन्द्रित हुन सकोस भन्ने शुभकामना व्यक्त गर्दै आयोगमा यो आर्थिक वर्ष परेका २२० उजुरीको अनुसन्धान सम्पन्न गरी नेपाल सरकारलाई सिफारिस गरेको जानकारी दिनुभयो ।
नवौं मानव अधिकार राष्ट्रिय महाभेलाका संयोजक लिली थापाले आफूलाई हिंसा भएपनि चुपचाप बस्ने संस्कृति भएको हुँदा मानव अधिकार हनन् भए पनि नभने प्रवृतिको अन्त्य गर्नु जरुरी भएको बताउनुभयो ।
आयोगले ‘सबैका लागि घर घरमा मानव अधिकार- शान्ति र विकासका आधार’ भन्ने नाराका साथ मानव अधिकार अभियान सञ्चालन गरेको छ । यो दिवसका अवसरमा ‘हाम्रो अधिकार, हाम्रो स्वतन्त्रता – सधैँका लागि’ भन्ने अन्तर्राष्ट्रिय नारा तथा ‘समृद्धि र विकासको आधार – युवा र महिलालाई समान अवसर’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो
बेलायतमा ७ जुनमा हुने ‘गोर्खा वाक’को तयारी अन्तिम चरणमा
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण