
लण्डन – राजकूमार विलियम तथा ह्यारीले आफ्नी स्वर्गीय आमा राजकूमारी डायनाको मृत्यु भएको बीसौं बर्षदिनको सम्झनामा उहाँको प्रतिमा (सालिक) निर्माण गर्ने योजना अनुसार आइतबार कुशल मूर्तिकारको चयन गर्नुभएको छ ।
बेलायतकी महारानी एलिजावेथ द्वित्तीयको सन् १९९८ देखि बेलायती मुद्रामा प्रयोग भएको प्रतिमा निर्माण गरेका मूर्तिकार इयान राङ्क ब्रोड्लीले डायनाको सालिकलाई आगामी सन् २०१९ सम्म पूरा गरी हस्तान्तरण गर्ने सम्झौता भएको बताइएको छ ।
उहाँको सालिक केसिङ्टन दरबार परिसरमा राखिने छ । केसिङ्टन स्वर्गीय डायनाको बासस्थान हो । राजकूमारद्वयले आइतबार एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, ‘सालिकको निर्माण ‘स्वर्गीय माता डायनाको सम्मानमा निर्माण गरिने उचित एवम् स्थायी’ उपहार भएको र यसले उहाँको जीवन र विरासतको स्मरण गराइरहने छ ।’
स्वर्गीय राजकूमारी डायनाको सन् १९९७ मा फ्रान्सको राजधानी पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित