
प्रतिनिधिसभा सदस्यमा दाङ क्षेत्र नं २ बाट विजयी हुनु भएका वाम गठबन्धन तर्फका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा । तस्वीर – नारायणी रजौरे, रासस, दाङ
तुलसीपुर, दाङ, २३ मंसिर – उपप्रधानमन्त्री (माओवादी केन्द्र) का नेता तथा प्रतिनिधिसभा सदस्यमा दाङ क्षेत्र नं २ बाट भर्खरै निर्वाचित हुनुभएका कृष्णबहादुर महराले आफूले निर्वाचनका क्रममा जनतासामु राखेका सबै प्रतिबद्धता पूरा गर्न बताउनुभएको छ ।
निर्वाचित भएलगत्तै रासससँग संक्षिप्त कुरा गर्दै महराले भोलिदेखि नै दाङको विकासका लागि योजना निर्माणमा लाग्ने बताउनुभयो । उहाँले सबैसँग सहमति र सहकार्य गरेर देशलाई समृद्धितर्फ लाग्ने बताउनुभयो ।
दाङलाई प्रदेश नं ५ को राजधानी बनाउन आफूले पहल गर्ने पनि बताउनुभयो । उहाँले यही सरकारबाट ५ नं प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नेछौँ भन्नुभयो ।
नेता महराले निर्वाचित भइसकेपछि आफू सबैको साझा प्रतिनिधि रहेको र मतदान गर्नुहुने र मतदान गर्न नसक्नुभएका आम जनसमुदायलाई समानरुपमा व्यवहार गर्नेछु भन्नुभयो ।
उहाँले उहाँले निर्वाचनमा विजयी हुनु र विजयी हुन नसक्नु स्वभाविक प्र्रकिया रहेको बताउँदै निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्ने नेपाली काँग्रसका उम्मेदवारलगायत अन्य सबै उम्मेदवारलाई धन्यवाद दिनुभएको छ । उहाँले निर्वाचनमा सहयोग गर्ने आम मतदातालाई पनि धन्यवाद दिनुभएको छ ।
महरालाई भोलि बिहान निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने जनाएको छ ।
ललितपुर क्षेत्र नं १ मा पूर्व प्रहरी महानिरिक्षक सिलवाल विजयी
ललितपुर, २३ मंसिर -ललितपुर क्षेत्र नं १ मा नेकपा (एमाले) का उम्मेदवार पूर्व प्रहरी महानिरिक्षक नवराज सिलवाल प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
सिलवालले २६ हजार ९५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार उदय शमशेर राणाले २० हजार ७२९ मत पाउनुभएको छ । यस क्षेत्रमा जम्मा ५१ हजार २४९ मत खसेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा