लन्डन । सुखी जीवनको चाहना सबैमा हुन्छ । तर, सफल त्यो मात्र हुन्छ जसले सफलता प्राप्तिका लागि पहिले देखिनै योजनावद्ध लक्ष्यको तयारी गरेको हुन्छ र लक्ष्यलाई सफल रुप दिन एक बिज्ञ तथा अनुभवीको साथ चाहिन्छ । यसै विषयलाई केन्द्रमा राखेर भिजन संसारले तयार गरेको ‘ए स्टार फाइनान्सियल सोलुसन्स यूके’ को दोश्रो विज्ञापन सार्वजनिक भएको छ ।
निर्देशक सनम कुमार बैरागले विज्ञापनमा जेशाङ र सुनिता गौतमलाई पहिलो चोटी प्रस्तुत गरेका छन् । जेशाङले केही चलचित्र तथा नाटक ‘समय दृष्य’ मा मुख्य भूमिका निभाइसकेका छन् । उनको यूकेमै निर्माण भएको चलचित्र ‘ब्ल्याक समर’ चांडै आउने क्रममा छ भने सुनिता गौतमले थुप्रै नृत्य र म्यूजिक भिडियोमा आफूलाई प्रस्तुत गरिसकेकी छिन् ।
ए स्टारले केही वर्ष यता बेलायतवासी नेपालीहरुलाई निरन्तर रेसिडेन्सियल मोर्गेज, रिमोर्गेज, कमर्सियल मोर्गेज, लाइफ इन्स्योरेन्स, बिल्डिङ तथा कन्टेन्ट इन्स्योरेन्स, वील तथा स्टेट प्लानिङ, पेन्सन तथा इन्भेष्टमेन्ट सहित वन स्टप फाइनान्सियल सर्भिसेजहरु निशुल्क प्रदान गरिरहेको छ ।
कम्पनीले विशेष गरि फानबोरो, लन्डन हयारो, हेज, रेडिङ, प्लमस्टिड, आसफोर्ड, स्वीन्डन लगायत कयौं स्थानमा बेलायतको फाइनान्सियल अवस्थाबारे जन चेतना कार्यक्रम सञ्चालन गरिसकेको छ जसमा फाइनान्सियल एडभाइजर, टयाक्स एडभाइजर, सोलिसिटर, फ्यूनरल प्लानर, वील राइटरहरुले निशुल्क परामर्श दिएका थिए ।
हेर्नुहोस् भिडियो-
https://www.youtube.com/watch?v=qIeKFG_hTHM&t=
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा