बेइजिङ, २१ मङसिर – चीनको राजधानी सहर बेइजिङमा गत वर्षको तुलनामा यसवर्ष वायु प्रदूषणको मात्रामा कमी आएको समाचार छ ।
बेइजिङका अधिकारीले गतवर्षको तुलनामा यसवर्ष विशेषगरी बेइजिङ सहरको वायु प्रदूषणमा कमी आएको देखिएको बताएका छन् ।
यस वर्षको शीतकालीन समयमा यस सहरको वायु प्रदूषणको मापदण्ड गत वर्षको तुलनामा उल्लेखनीयरूपमा कमी आएको देखिएको चिनियाँ अधिकारीले जनाएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।
चीनको वातावरण मन्त्रालयले यही अनुपातमा आगामी केही महिनासम्म यो अवस्था कायम रह्यो भने यसबाट चीन सरकारले लिएको वायु प्रदूषण नियन्त्रणसम्बन्धी लक्ष्य हासिल गर्ने काममा पनि सफलता मिल्न सक्ने देखिएको जनाएको छ ।
यसरी हेर्दा गएको वर्षको तुलनामा यसवर्ष बेइजिङको वायुमा पाइने धुलोको कणको मापनमा प्रदूषण घटेको देखिएको सो मन्त्रालयले जनाएको छ ।
गत वर्षको मार्च महिनादेखि नोभेम्बर सम्मको शीतकालीन समयको तुलनामा यस वर्षको कमी हो । राजधानी सहर बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।
सो अवधिमा गतवर्षको तुलनामा यसवर्ष कम्तीमा पनि २७ प्रतिशतले कमी भएको पनि वातावरण मन्त्रालयले जानकारी दिएको बताइएको छ ।
चीनको विशेषगरी बेइजिङ सहरमा अन्य समयको तुलनामा शीतकालिन महिनामा वायु प्रदूषण अत्यधिक हुने गर्दछ । गत वर्ष पनि यो सहरमा वायु प्रदूषण नराम्ररी बढेपछि यसको नियन्त्रणका अनेक उपायको खोजी गरेको जनाएको थियो ।
चीन सरकारले गत वर्षदेखि नै वायु प्रदूषणको समस्या ठूलो रहेको राजधानी बेइजिङ र अन्य सहरमा पनि प्रायगरी यसको कारक मानिने कलकारखाना बन्दगर्ने र कतिपय सहरमा कोइलाको प्रयोगको विकल्प पनि खोज्न निर्देशन गरेको थियो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त