ग्रीनवीच बरोमा नेपाली भाषा कक्षा सञ्चालन गरिने


लन्डन । रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीले नेपाली भाषा कक्षा सञ्चालन 
गर्ने भएको छ । २ डिसेम्बर २०१७ शनिबार संस्थाका अध्यक्ष हरि गोविन्द गुरुङको अध्यक्षतामा बसेको बैठकले आगामी जनवरी २०१८ पहिलो हप्ताबाट नेपाली भाषा कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । नेपाली भाषा कक्षा 
सञ्चालनका लागि संस्थाका कार्यसमिति सदस्यहरु कुमार जोशी र राज कटुवाललाई संयोजक चयन गरिएको छ । कक्षामा नेपाली भाषाका साथै नेपाली कला, 
संस्कृति सम्बन्धि जानकारी पनि दिइने सोसाइटीले जनाएको छ ।

त्यस्तै बैठकले रोयल बरो अफ ग्रीनवीच काउन्सिलसंग समन्वय गर्न 
संस्थाका सल्लाहकार अर्क राज तिमिल्सिनालाई जिम्मा दिएको छ ।
यस बरोमा रहेका नेपाली युवालाई खेलकुदतर्फ अभिप्रेरित गर्ने उद्देश्यले भलिबल लगायत विभिन्न खेलकुद सञ्चालनार्थ आवश्यक पर्ने पूर्वाधारका लागि काउन्सिलमा पहल गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले आगामी २९ डिसेम्बर शुक्रबार क्रिसमस र नयां वर्ष २०१८ को शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गर्दै उक्त कार्यक्रमको जिम्मा 
संस्थाका सचिव जीवन सेनलाई दिएको छ ।

संस्थाका महासचिव जित रानाभाटले सञ्चालन गरेको बैठकमा संस्थाका 
बरिष्ठ सल्लाहकार मोहन गुरुङ, सल्लाहकारहरु एलएन पाण्डे, सहदेव गिरी, अर्क राज तिमिल्सिना लगायत कार्यसमितिका अधिकांश सदस्यहरुको उपस्थिति 
थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री