लन्डन । इन्गेजमेन्ट (मगनी) गरेको केही दिनपछि बेलायतका राजकुमार हयारी र उनकी हुने वाला जीवनसाथी (फिओन्से) मेघान मर्केलले शुक्रबार पहिलो औपचारिक शाही भ्रमण गरेका छन् । उनीहरुले स्वागत भोजसहित बेलायती शहर नोटिङघमको भ्रमण गरेका हुन् ।
राजकुमार हयारीको जोडीले नोटिङघममा विश्व एड्स दिवसको अवसर पारेर आयोजना गरिएको मेलाको पनि अवलोकन गरे ।
उनीहरुले एचआइभी एड्स विरुद्धको अभियानमा लागिरहेका अभियन्ताहरूलाई पनि भेटेर हौसला प्रदान गरेको बताइएको छ । सो अवसरमा समर्थकहरूले हयारी र मेघानको सम्मानमा नाम लिएर नारा लगाएका थिए ।
बेलायती महारानी एलिजावेथ द्वितीयका नाती हयारीले अमेरिकी नायिकासमेत रहेकी मर्केलसँग केही महिना अगाडि देखि प्रेम सम्वन्ध गांसेका थिए । हयारी र मेघानले अर्को वर्ष वसन्त ऋतुमा विवाह गर्ने घोषणा गरेका छन् तर मिति एवं अन्य विस्तृत विवरण सार्वजनिक भएको छैन् ।
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो
बेलायतमा ७ जुनमा हुने ‘गोर्खा वाक’को तयारी अन्तिम चरणमा
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण