काठमाडौँ, १४ मंसिर – नेपालले सामूहिक विनाशका हातहतियारको सधैँ विपक्षमा रहेको र त्यसप्रति आफ्नो पुरानो सैद्धान्तिक अडान दोहोरयाएको छ ।
रासायनिक हतियारसहित आम विनाशका हतियारविरुद्धका पक्षदेशको नेदरल्याण्ड्सको हेगमा जारी रासायनिक हातहतियार निषेधसम्बन्धी संगठनको २२ औँ सम्मेलनमा नेपालले आफू निःशस्त्रीकरणको पक्षमा रहेको अडान दोहोरयाएको हो ।
सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलका नेता युरोपेली संघका लागि नेपालका राजदूत लोकबहादुर थापाले शान्ति र अहिंसाका अग्रदूत बुद्धको जन्मभूमि नेपाल विश्वका कुनै पनि मुलुक आमविनाशका हातहतियारको त्रासमा रहनु हुँदैन भन्नेमा दृढ छ भन्नुभयो ।
ब्रसेल्सस्थित नेपाली दूतावासका अनुसार उहाँले आम विनाशका हातहतियारको उत्पादन, विस्तार र सञ्चयको विपक्षमा नेपाल सधैँ रहेको बताउनुभयो । साथै उहाँले कुनै पनि बाहनामा कसैले पनि सामूहिक विनाशका हातहतियारको प्रयोग गर्न नहुने नेपालको स्पष्ट धारणा व्यक्त गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त