काठमाडौँ, १४ मंसिर – नेपालले सामूहिक विनाशका हातहतियारको सधैँ विपक्षमा रहेको र त्यसप्रति आफ्नो पुरानो सैद्धान्तिक अडान दोहोरयाएको छ ।
रासायनिक हतियारसहित आम विनाशका हतियारविरुद्धका पक्षदेशको नेदरल्याण्ड्सको हेगमा जारी रासायनिक हातहतियार निषेधसम्बन्धी संगठनको २२ औँ सम्मेलनमा नेपालले आफू निःशस्त्रीकरणको पक्षमा रहेको अडान दोहोरयाएको हो ।
सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलका नेता युरोपेली संघका लागि नेपालका राजदूत लोकबहादुर थापाले शान्ति र अहिंसाका अग्रदूत बुद्धको जन्मभूमि नेपाल विश्वका कुनै पनि मुलुक आमविनाशका हातहतियारको त्रासमा रहनु हुँदैन भन्नेमा दृढ छ भन्नुभयो ।
ब्रसेल्सस्थित नेपाली दूतावासका अनुसार उहाँले आम विनाशका हातहतियारको उत्पादन, विस्तार र सञ्चयको विपक्षमा नेपाल सधैँ रहेको बताउनुभयो । साथै उहाँले कुनै पनि बाहनामा कसैले पनि सामूहिक विनाशका हातहतियारको प्रयोग गर्न नहुने नेपालको स्पष्ट धारणा व्यक्त गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?