सगुनमा बेलायतबाट तीनसय बढिको लगानी, अब २ दिन बांकी

लन्डन । सोसियल कमर्स प्लेटफर्म ‘सगुन’ मा बेलायतका नेपालीले पनि उत्साहपूर्ण रुपमा लगानी गरेका छन् । यसमा लगानीको समयसीमा (डेडलाइन) दुई दिनमात्र बांकी रहंदा बेलायतबाट दोश्रो चरणमा तीन सय भन्दा बढीले लगानी गरेको सगुनका सल्लाहकार सूर्य गुरुङले जानकारी दिए । यो बढ्ने क्रम जारी छ ।

यसअघि पहिलो चरणमा पनि बेलायतका करिब तीनसय नेपालीले लगानी गरेका थिए । मिनी आइपीओ अन्तर्गत लगानी गर्न नोभेम्बर ३० राती ११.५९ सम्म मात्र डेडलाइन रहेको अवगत गराउंदै सल्लाहकार गुरुङले भने, ‘सगुनको लगानीरुपी रेल छुट्नै लागेको छ । गन्तव्य तय गर्न अब ढिलाइ नगर्न मेरो सुझाव छ । छुटे पछि रेल फेरि तत्काल फर्केर आउंदैन ।’ अन्तिम समयतिर बेलायतका नेपालीमा झन् उत्साह थपिएको उनले बताए । उनले दोश्रो चरण खुल्ला भएपछि लगानी गर्ने नेपालीमा दक्षिण कोरियापछि बेलायत दोश्रो स्थानमा रहेको समेत जनाए ।

पहिलो र दोश्रो चरण गरि समग्रमा धेरै लगानी गर्ने पहिलो दक्षिण कोरियाका नेपाली, दोश्रो अमेरिका, तेश्रो बेलायत, चौंथो अष्ट्रेलिया, पांचौं जापान र युएई छैटौं स्थानमा रहेको बताइएको छ ।

‘विश्वभरका नेपालीको प्रतिष्ठासंग जोडिएको छ सगुन । केही जुझारु नेपालीले आंट, हिम्मत जुटाएर विश्व बजारमा उत्रन खोज्दा हामी सबैले निसंकोच साथ दिनुपर्छ’, गुरुङले भने, ‘हरेक व्यवसायमा सफलता र मुनाफामात्र हुंदैन । कतिपय ठाउंमा इज्जत र पहिचानको पनि कुरा हुने रहेछ । सगुन सफल भयो भने नेपाल र समस्त नेपालीकै पहिचान बढ्ने हो ।’

सगुनमा नेपालबाट लगानी गर्न कानुनले नदिएपनि विश्वका विभिन्न मुलुकमा रहेका नेपालीले लगानी गर्न सक्नेछन् । न्यूनतम लगानी एक हजार डलर छ र अनलाइनमार्फत ५ मिनेटभित्रै क्रेडिट तथा डेबिट कार्ड प्रयोग गरि लगानी गर्न सकिने सगुनले जनाएको छ । तर, भारत र अष्ट्रेलियामा बस्नेले क्रेडिट कार्डबाट लगानी गर्न मिल्दैन । फाराम भर्न वा लगानी रकम पठाउने विषय लगायत अन्य कुनै जिज्ञासा भए सगुनको पेजमा उपलब्ध हेल्प सेन्टरबाट २४ सै घण्टा अंग्रेजी, नेपाली र हिन्दी भाषामा सहयोग लिन सकिने सगुनले जनाएको छ ।

अमेरिकी सरकारको सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिसनबाट मिनी आइपीओको स्वीकृति प्राप्त गरेर सर्वसाधारणमा स्वामित्व शेयर बिक्री गर्ने सोसियल मिडियासंग सम्वन्धित पहिलो स्टार्ट अप कम्पनी हो सगुन । सगुनका अहिले ११ लाख प्रयोगकर्ता छन् । तीनहजार बढि लगानीकर्ताबाट ३.८ मिलियन डलर संकलन भइसकेको छ र लगानी आउने क्रम जारी छ ।

सगुनले ‘एन्ड्रोइड एप’ पनि छिट्टै ल्याउने तयारी गरेको छ । यस अलवा सन् २०१८ भित्र ल्याइने सोसियल स्मार्ट कार्डले सामाजिक सञ्जाल र सोसियल कमर्सको क्षेत्रमा नयां आयाम थपिने विश्वास सगुनका संस्थापक गोविन्द गिरीमा छ । गिरी अहिले विश्वभरका उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन ‘ग्लोबल इन्टरप्रिनरसीप समिट २०१७’ मा भाग लिन भारतको हाइडराबादमा छन् । २८ देखि ३० नोभेम्बरसम्म चल्ने उक्त सम्मेलनमा औपचारिक सहभागिताको अवसर पाएको सगुनले त्यहांबाट थप जनविश्वास जित्ने आशा गरिएको छ ।

सगुनमा लगानी गर्न- https://www.sagoon.com/invest

प्रतिक्रिया

सम्बन्धित सामाग्री