काठमाडौँ, १२ मंसिर – निर्वाचन आयोगले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित ‘पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ’ भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न एमालेलाई निर्देशन दिएको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता विपरित ‘कान्तिपुर’, ‘अन्नपूर्ण पोष्ट’, ‘नयाँ पत्रिका’, ‘नागरिक’ र ‘राजधानी’ दैनिकलगायत पत्रिकामा विज्ञापन छपाएको जनाउँदै आयोगले एमालेलाई स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
एमालेलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ, ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित पार्टीको निर्वाचन चिन्हमा मतदान गरौँ भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ । उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएको देखिँदा यहाँलाई कारबाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ ।’
पाँच दैनिक पत्रिकालाई स्पष्टीकरण
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता विपरित विज्ञापन प्रकाशन गरेको भन्दै पाँच दैनिक पत्रिकासँग पनि स्पष्टीकरण सोधेको छ ।
‘कान्तिपुर’, ‘नागरिक’, ‘अन्नपूर्ण पोष्ट’, ‘नयाँ पत्रिका’ र ‘राजधानी’ दैनिकले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित उक्त पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ भनी विज्ञापन प्रकाशित गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न ती दैनिक पत्रिकालाई निर्देशन दिएको छ ।
स्पष्टीकरणमा भनिएको छ, ‘आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगबाट लागू गरिएको निर्वाचन आचारसंहिता विपरित आज प्रकाशित दैनिक पत्रिकामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित उक्त पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ । उक्त कार्य गरेबापत यहाँलाई कारबाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ ।’
मतपेटिका सदरमुकाममा ल्याउने कार्य अन्तिम चरणमा
निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका ३१ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भएको जनाएको छ ।
अब बाँकी रहेको डोल्पा जिल्लाका नौ वटा मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम ल्याउने कार्य भइरहेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार, दुई हजार ९१७ मतदानस्थलमध्ये अब डोल्पा जिल्लाका नौ मतदान स्थलका मतपेटिका आउन बाँकी रहेका छन् ।
डोल्पाका ६६ मतदान स्थलमध्ये से–फोक्सुन्डोमा तीन मतदानस्थल र थार्का ताङसोङ्कामा छ मतदानस्थलका मतपेटिका लिन हेलिकोप्टर सदरमुकाम पुगे पनि अत्यधिक हावा चलेका कारण उडान हुन नसकेको कारण आज ल्याउन नसकिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने