
लन्डन । बेलायती राजकुमार हयारीले आफ्नी गर्लफ्रेण्ड अमेरिकी नायिका मेगन मर्केलसंग बिहे गर्ने पक्का भएको छ । सन् २०१८ को वसन्त ऋतुमा दुई बीच बिवाह गर्ने तय भएको क्लेरेन्स हाउसले सोमबार औपचारिक जानकारी दिएको हो ।
बिवाहको विस्तृत विवरण पछि सार्वजनिक गर्ने बताइएको छ । राजकुमार ह्यारीले मर्केलसँग मगनी गरेर सोमबार दुई जनाको संयुक्त फोटो सार्वजनिक गरेका छन् । हयारीले महारानी तथा अन्य निकट राजपरिवार सदस्यहरुलाई समेत जानकारी गराएको उल्लेख छ । एक विज्ञप्तिमा हयारीले विवाह पक्का भएकोबारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मर्केलको बाबुआमाको आशीर्वाद पनि पाएको बताएका छन् ।
३३ वर्षीय हयारी विगत १६ महिनादेखि आफूभन्दा जेठी ३६ वर्षीया मेगनसंग लभ अफेयर्समा थिए । बिवाहपछि उनीहरु केन्जिङटन प्यालेसको नटिङहाम कटेजमा बस्ने छन् । राजकुमार हयारीले बेलायती राजपरिवारका सदस्यहरु मध्येबाट पाँचौ पालोमा राजगद्दी सम्हाल्ने छन् ।
हयारीको नेपाल र विशेषगरि ब्रिटिश गोर्खासंग आत्मिय सम्वन्ध छ । भूकम्पपछि भएको हयारीको नेपाल भ्रमणले पर्यटन प्रवर्धन र बेलायत नेपालबीच दौत्य सम्बन्ध अझ मजवुत भएको विश्वास गरिन्छ ।
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन