बेलायतको नेपाली समुदायका अगुवाहरु पुगे संसद भवन


लन्डन । बेलायतस्थित नेपाली समुदायका अगुवाहरुले गत बिहीबार बेलायती संसद भवनको अवलोकन भ्रमण गरेका छन् । नेपाली समुदायका विभिन्न संस्थाको प्रतिनिधित्व गर्ने करिब २० जना अगुवाले प्रजातन्त्रको जननी पनि भनिने बेलायतको संसद भवन (वेष्टमिनिस्टर प्यालेस) गएर 
यहांको संसदीय प्रणाली र अभ्यासबारे जानकारी लिए ।

तमुधिं यूकेका सल्लाहकार एकेन्द्र गुरुङको पहल र यूके नेपाल फ्रेण्डसीप सोसाइटीका एलान मर्सेल सान्काको मध्यस्ततामा भएको उक्त भ्रमणमा सहभागी प्रतिनिधिमण्डलले हाउस अफ कमन्स र हाउस अफ लर्डसको अवलोकन भ्रमण गर्नुका साथै सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्मासंग विभिन्न जिज्ञासा राखे ।

सहभागीले संसदीय वहसका लागि प्रमुख मुद्दाहरु कसरी लगिन्छ देखि भूपू गोर्खा मुद्दाबारे समेत चासो व्यक्त गरेका थिए । संसदको शिक्षा विभागमा प्रिजेन्टेसन र प्रश्नोत्तर पनि भएको थियो ।

विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित ब्रिटिश इथ्नीक माइनोरिटीबाट भएको यस खालको संसद भवन भ्रमण सम्भवत पहिलो भएको यूके नेपाल फ्रेण्डसीप सोसाइटीका एलान मर्सेल सान्काको भनाइ छ । भ्रमणपछि बेलायतको संसदीय अभ्यास नजिकबाट नियाली केही ज्ञान सिकिएको भन्दै सहभागीले खुशी व्यक्त गरेका छन् ।

तस्विर सौजन्य- मिलन तमु

प्रतिक्रिया

सम्बन्धित सामाग्री