लन्डन । नेपाल आइडल टप ४ सागर आलेको बेलायतमा हुने कार्यक्रमलाई एउटा प्रभावशाली जातीय संस्था मगर संघ यूकेले ‘बहिष्कार’ गर्ने भएको छ । गायक आलेले धोका दिंदै अर्को समूहसंग तालमेल गरि कार्यक्रम गर्न राजी भएपछि संस्थाले त्यस्तो अप्रिय निर्णय लिएको हो । मगर संघको स्थापना दिवस पारेर यूकेमा आलेलाई झिकाइ भव्य कार्यक्रम गर्ने संघ र आलेबीच पूर्व सहमति थियो ।
यसअघि जातीय एकता र सद्भाव देखाउंदै नेपाल आइडल प्रतिष्पर्धाबाट बाहिरिएपछि आलेलाई सान्त्वना स्वरुप मगर संघ यूकेले चन्दा संकलन गरि करिब ११ लाख रुपैयां हस्तान्तरण गरेको थियो ।
मगर संघ यूकेका सांस्कृतिक सचिव तुलचन्द्र तिलिजाले एक विज्ञप्ति प्रकाशित गर्दै संघका अध्यक्ष नेम थापाले पटक पटक सहकार्यका लागि आग्रह गर्दा समेत आलेले वेवास्ता गरेपछि वाध्य भएर उनको कुनै पनि कार्यक्रममा उपस्थिति नजनाउने निर्णय गरिएको विज्ञप्तिमा स्पष्ट पारेका छन् ।
आलेको कार्यक्रम प्रभावित हुने आशंका
बेलायतमा ‘सागर धमाका’ नाममा आलेको कार्यक्रम डिसेम्बर १ देखि हुंदैछन् । तर, बेलायतमा करिब दश हजार मगरहरुको प्रतिनिधित्व गर्ने संस्था मगर संघ यूकेले साथ नदिएपछि आलेको आसन्न कार्यक्रम प्रभावित हुन सक्ने अनुमान छ । त्यसो त नेपाल आइडल विजेताहरु बुद्ध लामा, निशान भट्टराई, प्रताप दास, टप सिक्स सुरज थापा, टप ७ प्रमिला राई र टप टेन केन्जल मेहर श्रेष्ठ यसअघि नै बेलायतमा कार्यक्रम गरेर फर्किसकेका छन् । टप थ्री विजेताले भव्य कार्यक्रम गरिसकेको अवस्थामा आलेको शोले कति दर्शक तान्ला हेर्न बांकी नै छ । आलेलाई शारदा गुरुङ लगायतले बेलायत झिकाएर कार्यक्रम गर्न लागेका हुन् ।
संघको विज्ञप्ति-
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित