लन्डन । १२ वर्षको लन्डन बसाइ चटक्क त्यागेर नेपाल फर्कनु गायक बिबेक श्रेष्ठका हकमा कम चुनौतिपूर्ण थिएन । घर परिवार, जागिर अनि साथीभाइ । अर्को पाटो, शिखर चुमिरहेको एकजना राष्ट्रिय कलाकार लन्डनमा ‘स्थानीय गायक’ मा सिमित भइरहंदाको कुण्ठाले पिरोलिरहेको थियो । लन्डनमा रहंदा पनि उनी गायनबाट टाढिएका थिएनन् तर विदेशमा रहेर प्रवर्धन गर्नु र देशमै होमिनु बेग्लै थियो । अनि म्यूजिक करिअर ब्रेक नलाग्दै फर्कने साहस निकाले उनले ।
‘दर्शक श्रोतासंग धेरै वर्षको ग्याप चिर्न सफल भएका छौं’, कन्दरा ब्याण्डका लोकप्रिय गायक श्रेष्ठले लन्डनमा भने, ‘शुरुमा डर लागेको थियो तर नेपाली दर्शक श्रोताले व्यग्र प्रतिक्षा गरिरहनुभएको रहेछ, झन मन पराइदिनु भयो । वास्तवमा पुनरागमन सुःखद भयो ।’
भूकम्प लगत्तै नेपाल फर्किएका बिबेकको कन्दरा ब्याण्डले ‘भेडी गोठैमा’ एल्बम निकाल्यो । देशबाहेक अमेरिका, अष्ट्रेलिया, हङकङ, सिंगापुर, जापान र कोरियामा स्टेज शो गरे । ब्याण्डका धेरै कार्यक्रम थाती छन् विदेशमा । कन्दराले ‘वर्षौं पछि’ एल्बम निकालेको दशकपछि ‘भेडी गोठैमा’ एल्बम निकालेको हो । ‘वर्षौं पछि’ एल्बममा रहेको ‘तगारोमा रुमाल राखी…’ गीत खुबै हिट थियो त्यतिखेर ।
बेलायतका ५ शहरमा भएको नेपाल आइडल लाइभ शोमा आइडल विजेताहरुको प्रशिक्षक (मेन्टर) जिम्मेवारी लिएर यूके आएका थिए बिबेक । ‘स्टेजमा गायनअघि प्रशिक्षण दिने कुरा नेपालका लागि नौलो प्रयोग थियो’, २४ वर्षदेखि गायनमा सक्रिय श्रेष्ठले लन्डनमा भने, ‘नेपाल आइडल विजेताहरुलाई ग्रुमिङ, कोचिङ गर्ने मेरो जिम्मा थियो । उनीहरु अप्रत्यासित रुपमा सफलताको शिखर चढे तर यही सफलता मेन्टेन गर्न उनीहरुलाई सही मार्गदर्शन पनि आवश्यक छ ।’
नेपाल फर्किएको १४ महिनापछि दुई साताका लागिमात्र लन्डन आएका बिबेकले देश परिवर्तनको संघारमा रहेको जनाउंदै अन्य युवालाई पनि स्वदेश फर्कन सुझाव दिए । ‘तपाईंहरुमा केही सीप, लक्ष्य र आंट छ भने उमेर छंदै मातृभूमि फर्किएको राम्रो । रिटायर्ड भएपछि गएर देशलाई केही योगदान दिन सकिन्न’, उनको बुझाइ छ ।
उनले अहिले नेपालमा कलाकारिता फस्टाउंदै गएको पनि बताए ।
कन्दरा ब्याण्ड बाहेक फिल्मी र आधुनिक गीत पनि गाउंदै छन् बिबेक । चिनो, दर्पण छायां, सम्झना, कुसुमे रुमाल, लाहुरे जस्ता चर्चित पुराना नेपाली फिल्मी गीतका संगीतकार रन्जित गजमेरको प्रोजेक्टमा काम गरिरहेका छन् उनी । स्वर्गीय कुसुम गजमेरको शब्द र रन्जितको संगीतमा निस्कन लागेको रन्जित गजमेरको पहिलो नेपाली सोलो एल्बमका गीत विवेकले गाएका छन् जुन एल्बम फेब्रुअरीमा रिलिज हुंदैछ । इकान्तिपुर
हत्या प्रकरणमा एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
फिफा विश्वकप :पोर्चुगल विश्वकपको अन्तिम १६ मा
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न