लन्डन । नेपालमा सामाजिक सञ्जालका प्रयोगकर्ता बढिरहंदा ‘स्टयाण्ड अप’ कमेडियन जितु नेपाल (मुन्द्रे) पनि यसबाट अछुतो रहेनन् । लाइक, अपडेट अनि कमेन्ट्स । समय समयमा फेसबुक अपडेट्स नियालिरहंदा मानिसहरु खुशीयाली देखि मसानघाटसम्मको लाइभमा अभ्यस्त रहंदा मुन्द्रे आश्चर्य चकित छन् । ‘हुंदा हुंदा अहिले त लास जलिरहंदा पनि धुरु धुरु रुंदै लाइभ गर्ने चलन बढ्यो’, लन्डनको ग्रीनफोर्ड टाउन हलमा शनिबार आयोजित एक कार्यक्रममा मुन्द्रे प्रस्तुत भए, ‘खुशीको क्षण त ठीकै हो, वियोगमा समेत लाइभ गरेर मानिसहरुको संवेदना किन हराउंदैछ ?’
सामाजिक सञ्जालको विकृतिमाथि कटाक्ष गरेका यी जनप्रिय हांस्यकलाकारले पारिवारिक विचलन र नेपालको समसामयिक राजनीतिक बेथितीमाथि समेत कडा प्रहार गरे । उनले आसन्न निर्वाचन जोडेर नेताहरुमाथि तीखो व्यंग्य गर्दा दर्शकले साथ दिइरहेका थिए । ‘अहिले चुनाव लागेको बेला त उम्मेदवारहरु खेतमा धान काट्ने देखि उस्तै परे कपाल नै काटिदिन समेत तयार देखिएका छन्’, चुनावका बेला मिठो सपना बांडेर जनता माझ पुग्ने अनि जितेपछि गायब हुने नेताहरु मुन्द्रेको ‘टार्गेट’ भए ।
नेपालका शीर्षस्थ नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, केपी ओली, रामचन्द्र पौडेलको क्यारिकेचर गरेर पनि दर्शक हंसाए मुन्द्रेले । आधुनिक जमानामा महिलाहरुको बढ्दो फेसन र मेकअप संस्कृति उनको व्यंग्य मसला बनेको थियो । नेपालको तुलनामा बेलायतका नेपाली महिलाको सुःख-सयललाई उनले व्यंग्य मिश्रित प्रशंसा गरे ।
चौंथो पटक बेलायत आएका मुन्द्रले नेपाली टाइम भनेर दुई घण्टापछि हल्लिंदै कार्यक्रममा झुल्किने प्रति पनि छाडेनन् ।
इलिट इन्टरटेनमेन्ट यूकेले बेलायतमा गरेको कार्यक्रममा मुख्य आकर्षण बने मुन्द्रे । शुक्रबार उनी केन्टवासी नेपाली दर्शक हंसाउंदै थिए भने शनिबार अल्डरसटस्थित एम्पायर हलमा । उनी अभिनित फिल्म ‘छक्का पन्जा २’ को ५१ औं दिनको कार्यक्रम भ्याउन छिट्टै नेपाल फर्कनु परेको मुन्द्रेले बताए ।
स्टयाण्ड अप कमेडीमा बेग्लै पहिचान बनाएका जितु अहिले टेलिसिरियल ‘जीरे खुर्सानी’ मा समेत व्यस्त छन् ।
कार्यक्रममा जितुसंगै नेपाल आइडलका टप ६ सुरज थापा, टप १० केन्जल मेहर श्रेष्ठ र गायिका तृष्णा गुरुङले गायनमार्फत दर्शकलाई मनोरन्जन दिलाए ।
हेम गुरुङ, निरा पिजी, इन्द्र घोताने, मनोज गुरुङ र लाटो मगरले संयुक्त रुपमा नेपाली सांझ ३ गरेका हुन् ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते