लन्डन । नेपालमा सामाजिक सञ्जालका प्रयोगकर्ता बढिरहंदा ‘स्टयाण्ड अप’ कमेडियन जितु नेपाल (मुन्द्रे) पनि यसबाट अछुतो रहेनन् । लाइक, अपडेट अनि कमेन्ट्स । समय समयमा फेसबुक अपडेट्स नियालिरहंदा मानिसहरु खुशीयाली देखि मसानघाटसम्मको लाइभमा अभ्यस्त रहंदा मुन्द्रे आश्चर्य चकित छन् । ‘हुंदा हुंदा अहिले त लास जलिरहंदा पनि धुरु धुरु रुंदै लाइभ गर्ने चलन बढ्यो’, लन्डनको ग्रीनफोर्ड टाउन हलमा शनिबार आयोजित एक कार्यक्रममा मुन्द्रे प्रस्तुत भए, ‘खुशीको क्षण त ठीकै हो, वियोगमा समेत लाइभ गरेर मानिसहरुको संवेदना किन हराउंदैछ ?’
सामाजिक सञ्जालको विकृतिमाथि कटाक्ष गरेका यी जनप्रिय हांस्यकलाकारले पारिवारिक विचलन र नेपालको समसामयिक राजनीतिक बेथितीमाथि समेत कडा प्रहार गरे । उनले आसन्न निर्वाचन जोडेर नेताहरुमाथि तीखो व्यंग्य गर्दा दर्शकले साथ दिइरहेका थिए । ‘अहिले चुनाव लागेको बेला त उम्मेदवारहरु खेतमा धान काट्ने देखि उस्तै परे कपाल नै काटिदिन समेत तयार देखिएका छन्’, चुनावका बेला मिठो सपना बांडेर जनता माझ पुग्ने अनि जितेपछि गायब हुने नेताहरु मुन्द्रेको ‘टार्गेट’ भए ।
नेपालका शीर्षस्थ नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, केपी ओली, रामचन्द्र पौडेलको क्यारिकेचर गरेर पनि दर्शक हंसाए मुन्द्रेले । आधुनिक जमानामा महिलाहरुको बढ्दो फेसन र मेकअप संस्कृति उनको व्यंग्य मसला बनेको थियो । नेपालको तुलनामा बेलायतका नेपाली महिलाको सुःख-सयललाई उनले व्यंग्य मिश्रित प्रशंसा गरे ।
चौंथो पटक बेलायत आएका मुन्द्रले नेपाली टाइम भनेर दुई घण्टापछि हल्लिंदै कार्यक्रममा झुल्किने प्रति पनि छाडेनन् ।
इलिट इन्टरटेनमेन्ट यूकेले बेलायतमा गरेको कार्यक्रममा मुख्य आकर्षण बने मुन्द्रे । शुक्रबार उनी केन्टवासी नेपाली दर्शक हंसाउंदै थिए भने शनिबार अल्डरसटस्थित एम्पायर हलमा । उनी अभिनित फिल्म ‘छक्का पन्जा २’ को ५१ औं दिनको कार्यक्रम भ्याउन छिट्टै नेपाल फर्कनु परेको मुन्द्रेले बताए ।
स्टयाण्ड अप कमेडीमा बेग्लै पहिचान बनाएका जितु अहिले टेलिसिरियल ‘जीरे खुर्सानी’ मा समेत व्यस्त छन् ।
कार्यक्रममा जितुसंगै नेपाल आइडलका टप ६ सुरज थापा, टप १० केन्जल मेहर श्रेष्ठ र गायिका तृष्णा गुरुङले गायनमार्फत दर्शकलाई मनोरन्जन दिलाए ।
हेम गुरुङ, निरा पिजी, इन्द्र घोताने, मनोज गुरुङ र लाटो मगरले संयुक्त रुपमा नेपाली सांझ ३ गरेका हुन् ।
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री वालेन्द्र शाह
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने