लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले नेदरल्याण्डसको राजधानी हेगस्थित एक मानवअधिकार अध्ययन – अनुसन्धान संस्थाको उद्घाटन गरेका छन् ।
नेदरल्याण्डसको आठवटा प्रमुख र प्रतिष्ठित विश्वविद्यालयको संयुक्त आयोजनामा स्थापना भएको मानवअधिकार अध्ययन तथा अनुसन्धान संस्थाको गत शुक्रबार एक भव्य समारोहबीच सुवेदीले उद्घाटन गरेका हुन् ।
सुवेदी मुख्य अतिथि वक्ताको रुपमा थिए । आफ्नो मन्तव्यका क्रममा सुवेदीले संसारमा अहिलेको मानवअधिकार संरक्षण र सम्वर्धनको स्थिति तथा संयुक्त राष्ट्रसंघको तत्वाधानमा हुनुपर्ने सुधारहरुबारे आफ्ना विचार राखेका थिए ।
कुनै मन्त्री वा नेताको सट्टा अन्तर्राष्ट्रिय क्षेत्रमा लब्ध प्रतिष्ठित अन्तर्राष्ट्रिय मानवअधिकार कानुनका विद्वानद्वारा सो संस्थाको उद्घाटन गराउने निर्णयअनुसार प्रा. सुवेदीलाई आमन्त्रण गरिएको थियो ।
उक्त समारोहमा नेदरल्यान्ड्सका विभिन्न विश्वविद्यालयका प्राध्यापक र अनुसन्धानकर्ताहरु, हेगस्थित विभिन्न देशका राजदूत र कूटनीतिज्ञहरु एवं मानवअधिकार अभियन्ताहरुको उपस्थिति थियो ।
हेगको प्रतिष्ठित आसर इन्स्टिच्यूटमा उक्त नयां संस्थाको स्थापना भएको हो ।
मे १० मा आयरल्यान्डमा नेपाली दूतावास लन्डनको घुम्ती सेवा शिविर [सूचनासहित]
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी