लन्डन । तीनपटकसम्म कम उमेरका ग्राहकलाई मादक पदार्थ बेचेको पाइएपछि ह्याम्पशायर काउन्सिलले फार्नबरोस्थित एभरेष्ट क्याश एण्ड क्यारीको मादक पदार्थ बिक्री लाइसेन्स पुनरावलोकन गर्न लागेको छ ।
ह्याम्पशायर कन्स्टाब्युलरीले गएको फेब्रुअरी तथा अक्टोबर महिनाको बीचमा कम उमेरका स्वयम्सेवीहरुलाई उक्त पसलमा रक्सी किन्न पठाएको थियो ।
तीनै पटक कोभ रोडस्थित एभरेष्ट क्याश एण्ड क्यारीले कम उमेरका ग्राहकलाई मादक पदार्थ बिक्री गरेको र एक पटक त पसलमै काम नगर्ने व्यक्तिले एकजना १६ वर्षीय ग्राहकलाई मदिरा बिक्री गरेको www.getsurrey.co.uk वेबसाइटमा प्रकाशित समाचारमा जनाइएको छ ।
गत अक्टोबर महिनामा ह्याम्पशायर काउन्टी काउन्सिल ट्रेडिङ स्टान्डर्डसले एभरेष्ट क्याश एण्ड क्यारीलाई दिइएको लाइसेन्स पुनरावलोकन गरियोस् भनेर आवेदन दिएको छ जसबारे यही नोभेम्बर २३ तारिखमा सुनुवाइ हुन लागेको पनि समाचारमा जनाइएको छ ।
काउन्सिलका अधिकारीहरुले उक्त पसललाई प्रशिक्षण दिन चाहेको तर पसलले नै त्यस्तो प्रशिक्षण लिन नचाहेको समाचारमा उल्लेख छ । भाषाको समस्याका कारण एभरेष्ट क्याश एण्ड क्यारीलाई जरिवाना गर्न गाह्रो भएको त्यसैले अब उसलाई दिइएको मदिरा बिक्रीको अनुमतिपत्र खारेज गरिनुपर्ने ह्याम्पशायर कन्स्टाब्युलरीले माग गरेको छ ।
बेलायतको कानुन अनुसार १८ वर्ष मुनीकालाई मादक पदार्थ बेच्न प्रतिवन्ध छ र त्यो नियम उल्लंघन गरेमा लाइसेन्स खारेजीसंगै ५ हजार पाउण्डसम्म जरिवाना हुन सक्छ । ग्राहकको उमेरमा शंका लागे पसलेले परिचयपत्र माग्न वा सामान नबेच्न सक्ने अधिकार पनि हुन्छ ।
भूतपूर्व गोर्खाहरुद्वारा सन्चालन गरिएको सो पसलका सन्चालकको भनाइ भने समाचारमा उल्लेख गरिएको छैन ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित