लन्डन । तीनपटकसम्म कम उमेरका ग्राहकलाई मादक पदार्थ बेचेको पाइएपछि ह्याम्पशायर काउन्सिलले फार्नबरोस्थित एभरेष्ट क्याश एण्ड क्यारीको मादक पदार्थ बिक्री लाइसेन्स पुनरावलोकन गर्न लागेको छ ।
ह्याम्पशायर कन्स्टाब्युलरीले गएको फेब्रुअरी तथा अक्टोबर महिनाको बीचमा कम उमेरका स्वयम्सेवीहरुलाई उक्त पसलमा रक्सी किन्न पठाएको थियो ।
तीनै पटक कोभ रोडस्थित एभरेष्ट क्याश एण्ड क्यारीले कम उमेरका ग्राहकलाई मादक पदार्थ बिक्री गरेको र एक पटक त पसलमै काम नगर्ने व्यक्तिले एकजना १६ वर्षीय ग्राहकलाई मदिरा बिक्री गरेको www.getsurrey.co.uk वेबसाइटमा प्रकाशित समाचारमा जनाइएको छ ।
गत अक्टोबर महिनामा ह्याम्पशायर काउन्टी काउन्सिल ट्रेडिङ स्टान्डर्डसले एभरेष्ट क्याश एण्ड क्यारीलाई दिइएको लाइसेन्स पुनरावलोकन गरियोस् भनेर आवेदन दिएको छ जसबारे यही नोभेम्बर २३ तारिखमा सुनुवाइ हुन लागेको पनि समाचारमा जनाइएको छ ।
काउन्सिलका अधिकारीहरुले उक्त पसललाई प्रशिक्षण दिन चाहेको तर पसलले नै त्यस्तो प्रशिक्षण लिन नचाहेको समाचारमा उल्लेख छ । भाषाको समस्याका कारण एभरेष्ट क्याश एण्ड क्यारीलाई जरिवाना गर्न गाह्रो भएको त्यसैले अब उसलाई दिइएको मदिरा बिक्रीको अनुमतिपत्र खारेज गरिनुपर्ने ह्याम्पशायर कन्स्टाब्युलरीले माग गरेको छ ।
बेलायतको कानुन अनुसार १८ वर्ष मुनीकालाई मादक पदार्थ बेच्न प्रतिवन्ध छ र त्यो नियम उल्लंघन गरेमा लाइसेन्स खारेजीसंगै ५ हजार पाउण्डसम्म जरिवाना हुन सक्छ । ग्राहकको उमेरमा शंका लागे पसलेले परिचयपत्र माग्न वा सामान नबेच्न सक्ने अधिकार पनि हुन्छ ।
भूतपूर्व गोर्खाहरुद्वारा सन्चालन गरिएको सो पसलका सन्चालकको भनाइ भने समाचारमा उल्लेख गरिएको छैन ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?