लन्डन । तनहुंको खैरेनीटार र वरिपरिका क्षेत्रबाट युकेमा बसोबास गर्नेहरुको संस्था खैरेनी सेरोफेरो समाजमा लेफ्टिनेण्ट कृष्ण गुरुङ अध्यक्ष चयन भएका छन् ।
हालै फार्नब्रोको ग्रेञ्ज स्कुलमा भएको समाजको भेलाले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गंगा गुरुङ, सचिवमा कृष्ण राना, सहसचिवमा मोहनराज राना, कोषाध्यक्षमा गोवद्र्धन राना र सहकोषाध्यक्षमा मानबहादुर थापा निर्वाचित भएका छन् ।
यस्तै, महिला संयोजनतर्फ चन्द्र गुरुङ, सरिता गुरुङ, आशा थापा र निर्मला थापालाई जिम्मा दिइएको छ भने युवा संयोजनको जिम्मा प्रविन गुरुङले पाएका छन् । चन्द्रबहादुर गुरुङ सांस्कृतिक संयोजकमा नियुक्त भएका छन् ।
नयाँ कार्यसमिति चयनका लागि मोहन गुरुङ (प्लमस्टिड), होम थापा र मोहन गुरुङ (फ्लिट) सम्मिलित निर्वाचन समिति गठन गरिएको थियो । नवनिर्वाचित कार्यसमितिलाई मोहन गुरुङ (प्लमस्टिड) ले खादा र प्रमाणपत्र वितरण गरेका थिए ।
समाजका अध्यक्ष रत्न गुरुङको अध्यक्षता र सचिव राजेन्द्र रानाको सञ्चालनमा भएको सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गुरुङले प्रतिवद्धता मन्तब्य व्यक्त गरे भने तत्कालिन कोषाध्यक्ष निर्मला थापाले आर्थिक प्रतिवेदन पेश गरे । त्यस्तै, नेपालबाट आएका खैरेनीटार उच्चमाध्यमिक विद्यालयका पूर्व शिक्षक ओमबहादुर राना र श्रीमती पार्वती रानालाई अध्यक्ष रत्न गुरुङले खादा लगाई स्वागत गरे ।
उक्त अवसरमा शिक्षक रानाले बेलायत भ्रमणको अनुभव सुनाएका थिए ।
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला