लन्डन । पहिलो ‘नेपाल आइडल’ विजेताहरु शुक्रबार सांझ बेलायतका दर्शकमाझ घेरिए । अल्डरसटस्थित एम्पायर हल खचाखच हुने गरि हाउसफूल भयो ओपनिङ शो । ७ सय दर्शक नाघेपछि सुरक्षागार्डले कयौंलाई गेटबाटै फर्काइदिए । टिकट लिएर पनि भित्र छिर्न नपाएपछि केही युवा आक्रोशित हुंदै गार्डप्रति खनिएका थिए । एम्पायर हलमा केही साताअघि भएको कार्यक्रममा क्षमताभन्दा बढि मानिस प्रवेश गरेर होहल्ला भएपछि काउन्सिलले निगरानीसहित अहिले कडाइ गरेको जनाइएको छ ।
धागो ब्याण्डको लाइभ संगीतमा नेपाल आइडल बुद्ध लामा, फस्ट रनर अप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र टप ७ प्रमिला राईले करिब तीन घण्टा ननस्टप लोक, आधुनिक पप र रक गीत गाएर दर्शकलाई भरपुर मनोरन्जन दिलाए । सयौं दर्शकमाझ स्टेजमा उत्रिएका ति नवप्रतिभाहरु दर्शकको न्यायो माया पाएपछि झन् उत्साहित देखिन्थे । भाषण गर्न उति मेसो नपाएका उनीहरुले दर्शककै मायाले आफूहरु यो स्थानमा आएको भन्दै आभार व्यक्त गरिरहेका थिए ।
नेपाल आइडल लामाले मन्त्र ब्याण्डको गोर्खालीको छोरो म…, आहा कलिलो तामालाई…, निरा जहिले रिसाउने, ओइ झुमा झुमा… आदि गीत गाएर दर्शकको वान्स मोर सामना गरिरहे । फस्ट रनर अप निशानले नेपथ्यको झल्काइ देउ झल्काइ देउ…, शिव परियारको पिउंदिन भन्दा भन्दै पिलायो साथीले…, मस्की मस्की हिंडेर जानेले…जस्ता गीत गाएर दर्शक मन जिते ।
त्यस्तै सेकेन्ड रनरअप दासले हेर्दा राम्रो माछापुच्छ्रे…गुंरासै फूल्यो बनैमा, एज ब्याण्डको नचाहेको होइन… लगायत गीत गाए ।
लामा, भट्टराई र दासले जांदा जांदै अन्तिम गीत १९७४ एडीको यो मन त मेरो नेपाली हो…गीत गाएर बिदा हुन खोज्दा दर्शकले सहर्ष बिदाइ गर्नै चाहेनन् बरु वान्समोर भनिरहे ।
कन्दरा ब्याण्डका गायक बिबेक श्रेष्ठ पनि कार्यक्रममा सहभागी थिए तर यसपटक उनी मेन्टर (प्रशिक्षक) का रुपमा नेपाल आइडल विजेताहरुलाई प्रशिक्षण दिन बेलायत आएका हुन् ।
नेपाल आइडलकै होस्ट सुशील नेपालले सञ्चालन गरेको उक्त शोमा प्रमुख अतिथी थिए राजदूत डा. दुर्गाबहादुर सुवेदी । राजदूत र आयोजकहरु राजाराम गिरी र ज्ञाम गुरुङले कार्यक्रम संयुक्त रुपमा उद्घाटन गरेका थिए । मन्तव्य व्यक्त गर्दै राजदूत सुवेदीले नवप्रतिभाहरुको उज्ज्वल भविष्यको कामना गरे । कन्सर्टमा स्क्रिन प्रोजेक्सन र भिडियोको जिम्मा कुशल श्रेष्ठ एवं साउण्ड सिस्टम हेम विष्टले लिएका थिए । कन्सर्टमा नयां प्रविधि प्रयोग गरि दर्शकलाई पृथक स्वाद दिन प्रयास गरिएको जनाउंदै प्राविधिक रुपमा आफू सफल भएको श्रेष्ठले बताए ।
संसारा ग्रुप अन्तर्गत मनकामना मनी ट्रान्सफर, पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनलको संयुक्त आयोजनामा कन्सर्ट भएको हो ।
नेपाल आइडल लाइभ शो नोभेम्बर ४ तारिख शनिबार फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुंदैछ । स्कटल्याण्डमा समेत कार्यक्रम तयारी छ ।
तस्विर सौजन्य- मिलन तमु
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]