नेपाल आइडल विजेताहरु लन्डन उत्रिए

तस्विर-के के मुभिज

लन्डन । नेपाल आइडल विजेताहरु बुधबार बिहान लन्डन उत्रिएका छन् । नेपाल आइडल बुद्ध लामासंगै फस्ट रनरअप निसान 
भट्टराई, सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेन प्रमिला 
राई बेलायत उत्रिएका हुन् । नेपाल आइडल टिमसंगै कन्दराका गायक विवेक श्रेष्ठ र होस्ट सुशील नेपाल पनि लन्डन आइपुगेका छन् ।

नेपाल आइडल टिमलाई स्वागत गर्न कार्यक्रम आयोजकहरु 
राजाराम गिरी, ज्ञाम गुरुङ, उमेशराज मोक्तान, सपनकुमार राई, मन्जु गुरुङ, दीपक थापा लगायत विमानस्थल पुगेका थिए ।

नेपाल आइडल विजेता बुद्ध लामाले हिथ्रो टर्मिनल फोरमा सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै बेलायतका दर्शकलाई फरक सांगीतिक स्वाद पस्कने बताए । उनले रक गीतले दर्शक माहोल तताउने उल्लेख गर्दै बेलायतवासी समस्त नेपालीलाई आफ्नो कार्यक्रममा आइदिन आग्रह गरे । अन्य फाइनलिष्टहरु पनि 
यहांको कन्सर्टमा सहभागी हुन उत्साहित छन् ।

गायक श्रेष्ठको भूमिका यसपटक ‘मेन्टर’ का रुपमा छ । श्रेष्ठले नेपाल आइडल विजेताहरुलाई ग्रुमिङ-कोचिङ गर्ने आफ्नो जिम्मा रहेको बताए ।

नेपाल आइडल विजेताहरुको पहिलो शो आगामी नोभेम्बर ३ मा अल्डरसटस्थित एम्पायर हल, दोश्रो नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, तेश्रो ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, चौंथो ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम शो १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुने तयारी छ ।

आयोजकमध्ये एक राजाराम गिरीले कार्यक्रम ऐतिहासिक हुने दावी गर्दै सम्पूर्ण प्राविधिक तयारी पुरा भइसकेको जानकारी दिए ।

संसारा ग्रुप अन्तर्गत मनकामना मनी ट्रान्सफर (मुख्य आयोजक) र पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनलको संयुक्त आयोजनामा कन्सर्ट हुन लागेको हो । हयारो लिजर सेन्टरमा हुने शो उमेशराज मोक्तान र चित्रबहादुर गुरुङ, रेडिङ शो सपनकुमार राई, विसन गुरुङ, मान गुरुङ र निल गुरुङ तथा प्लमस्टेड शो दीपक थापाले आयोजना गर्ने जिम्मेवारी लिएका छन् ।

विमानस्थलमा यस्तो रौनक (भिडियोमा हेर्नुहोस्)

प्रतिक्रिया

सम्बन्धित सामाग्री