लन्डन । नेपालको पहिलो ‘फ्रेन्चाइज’ रियालिटी शो ‘नेपाल आइडल ०१७’ का विजेताहरु यही बुधबार बिहान ८ बजे लन्डन हिथ्रो ओर्लने भएका छन् । नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निसान भट्टराई र सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेन प्रमिला राईलाई हिथ्रो टर्मिनल फोरमा भव्य स्वागतका लागि आयोजकले तयारी गरिरहेका छन् ।
बेलायतमा नेपाल आइडल विजेताहरुले विभिन्न ५ शहरमा कन्सर्ट गर्ने तयारी छ । नेपाल आइडल विजेताको पहिलो शो आगामी नोभेम्बर ३ मा अल्डरसटस्थित एम्पायर हल, दोश्रो नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, तेश्रो ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, चौंथो ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम शो १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुनेछ ।
मनकामना रेमिट, पोखरा ट्राभल र मुनटाज इन्टरनेशनलले बेलायतमा नेपाल आइडल शो गर्न लागेका हुन् । हयारो लिजर सेन्टरमा हुने शो उमेशराज मोक्तान र चित्रबहादुर गुरुङ, रेडिङ शो सपनकुमार राई, विसन गुरुङ, मान गुरुङ र निल गुरुङ तथा प्लमस्टेड शो दीपक थापाले आयोजना गर्ने जिम्मेवारी लिएका छन् । रेडिङ शोमा यूके डान्स अफ २०१६ र ०१७ का विजेताहरु जेनी सुनुवार र जसिता गुरुङसहित स्थानीय समूहको विशेष नाच अतिरिक्त आकर्षण हुने आयोजकले बताएका छन् ।
लाइभ प्रोजेक्सनसहित लाइभ म्यूजिक र भिआइपीलाई बेग्लै सिट प्लान गरेर कार्यक्रम उत्कृष्ट गर्ने दावी आयोजकको छ । कार्यक्रम सञ्चालन नेपाल आइडलकै ‘होस्ट’ सुशील नेपालले गर्नेछन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता