लन्डन । लन्डनस्थित नेपाली दूतावासमा नयां सैनिक सहचारी (मिलिट्री अट्याची) आउने भएका छन् । हालका सैनिक सहचारी कर्णेल प्रदीपजंग केसीको तीन वर्ष कार्यकाल सकिनै लागेकाले केसीको ठाउंमा कर्णेल कुमार थापा आउन लागेको दूतावास श्रोतले जनाएको छ । ‘उहांको भ्रमणको आइटिनरी आइसकेको छैन् तर नोभेम्बर दोश्रो सातादेखि नयां सैनिक सहचारीले दूतावासमा कार्यभार सम्हाल्ने सम्भावना छ’, श्रोतले भन्यो ।
दूतावासमा अक्टोबर अन्तिममा केसीको विदाइ कार्यक्रमको तयारी छ ।
सन् १९३४ मा स्थापित लन्डन मिसनमा केसी २३ औं सैनिक सहचारी हुन् । बेलायत नेपालबीच सैनिक सम्वन्ध विस्तार र सहयोग आदानप्रदानमा सैनिक सहचारीको भूमिका प्रमुख रहन्छ ।
कर्णेलको घरमा चोरी
यसैबीच, कर्णेल केसीको घरमा चोरी भएको समाचार छ । क्वीन्सबरीस्थित घरमा कोही नभएको बेला चोरले कम्तीमा दश तोला सुन र नगद चोरेको बताइएको छ । दूतावासले भाडा तिरेर सैनिक सहचारी र परिवारलाई घर उपलव्ध गराएको छ ।
बेलायतको नेपाली समुदाय पछिल्लो समय सुन चोरीबाट आक्रान्त छ । नेपालीको जनसंख्या उल्लेख्य भएको ठाउंमा नेपालीका गरगहनामाथि लुटेराले ‘टार्गेट’ गरेका घट्ना बढ्दै गएका छन् । केही समय अघि हन्स्लोमा नेपालीको करिब २५ लाख रुपैयांको सुन चोरी भएको थियो भने अल्डरसटमा दिनदहाडै दुई युवाले एक वृद्धा महिलाको घांटीबाट ६ तोला सुनको नेक्लेस थुतेर लगेको घट्ना धेरै पुरानो भएको छैन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा