लन्डन । बेजिङस्टोकवासी लिम्बु समुदायले गत सप्ताहन्त बलिहाङ तङनाम पर्व हर्षोल्लासका साथ मनाएका छन । २२ अक्टोबर २०१७ आइतबार ओकृज वेस्ट कम्युनिटी हलमा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपालबाट सांगीतिक यात्रामा यूके आएका गायक गायिकाहरु सुजन तिगेला लिम्बु, तारा थेबे र मनु नेम्बाङ को साथमा स्थानीय च्याब्रुङ टोलीले लारिङ्गेत नामलिङ्गेत खेलेर माहोल रोमाञ्चक बनाए । कार्यक्रमको बीच बीचमा च्याब्रुङ (केलाङ) नाच र हातमा हात समाउंदै लिम्बुहरु पालमको लयमा गाउंदा गाउंकै झझल्को दिइरहेको थियो ।
किरात याक्थुङ चुम्लुङ (केवाइसी) यूके बेजिङस्टोक शाखा अध्यक्ष श्रीमती अमृता पालुङवा सबेन्हीम लिम्बु, तीन जना कलाकार र केवाइसी यूके केन्द्रिय अध्यक्ष तिलविक्रम साम्बाहाम्फेबाट दीप प्रज्वलन गरि औपचारिक कार्यक्रम उद्घाटन गरिएको थियो ।
कार्यक्रममा तेह्रथुम समाज यूकेका अध्यक्ष सूर्य खापुङ, उनकी श्रीमती रिता खापुङ, सुवर्ण नेम्बाङ (गीतकार), केवाइसी यूकेका वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङ, केवाइसी यूकेका पूर्व अध्यक्ष सुबास जबेगु लगायतको उपस्थिति थियो ।
उपस्थित सबै अतिथी र नव आगन्तुक लिम्बु सदस्यहरु एवं जेष्ठ सदस्यहरुलाई खादा र सिलाम साक्पा लगाई स्वागत तथा सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रम सञ्चालन गर्दै शाखा उपाध्यक्ष पेपराज कुरुङबाङ लिम्बुले सुरक्षा सम्बन्धि जानकारी दिए भने स्वागत मन्तव्य शाखाका वरिष्ठ उपाध्यक्ष चन्द्र बेघाले राखेका थिए ।
शाखाका सल्लाहकार र निवर्तमान अध्यक्ष विजय लिङथेपद्वारा सञ्चालित दोश्रो चरणको कार्यक्रम सांगीतिक माहोलमा भएको थियो । उक्त अवसरमा गायक तिगेला, थेबे र नेम्बाङको गायनले सबैलाई नचायो । साथै चन्द्रकला लङवा लिम्बुको नृत्य पनि आकर्षक थियो ।
अन्त्यमा शाखा अध्यक्ष अमृत लिम्बुले कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।
बिहान ११ देखि शुरु कार्यक्रम राती ११ बजे समापन भएको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता