लन्डन । बेजिङस्टोकवासी लिम्बु समुदायले गत सप्ताहन्त बलिहाङ तङनाम पर्व हर्षोल्लासका साथ मनाएका छन । २२ अक्टोबर २०१७ आइतबार ओकृज वेस्ट कम्युनिटी हलमा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपालबाट सांगीतिक यात्रामा यूके आएका गायक गायिकाहरु सुजन तिगेला लिम्बु, तारा थेबे र मनु नेम्बाङ को साथमा स्थानीय च्याब्रुङ टोलीले लारिङ्गेत नामलिङ्गेत खेलेर माहोल रोमाञ्चक बनाए । कार्यक्रमको बीच बीचमा च्याब्रुङ (केलाङ) नाच र हातमा हात समाउंदै लिम्बुहरु पालमको लयमा गाउंदा गाउंकै झझल्को दिइरहेको थियो ।
किरात याक्थुङ चुम्लुङ (केवाइसी) यूके बेजिङस्टोक शाखा अध्यक्ष श्रीमती अमृता पालुङवा सबेन्हीम लिम्बु, तीन जना कलाकार र केवाइसी यूके केन्द्रिय अध्यक्ष तिलविक्रम साम्बाहाम्फेबाट दीप प्रज्वलन गरि औपचारिक कार्यक्रम उद्घाटन गरिएको थियो ।
कार्यक्रममा तेह्रथुम समाज यूकेका अध्यक्ष सूर्य खापुङ, उनकी श्रीमती रिता खापुङ, सुवर्ण नेम्बाङ (गीतकार), केवाइसी यूकेका वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङ, केवाइसी यूकेका पूर्व अध्यक्ष सुबास जबेगु लगायतको उपस्थिति थियो ।
उपस्थित सबै अतिथी र नव आगन्तुक लिम्बु सदस्यहरु एवं जेष्ठ सदस्यहरुलाई खादा र सिलाम साक्पा लगाई स्वागत तथा सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रम सञ्चालन गर्दै शाखा उपाध्यक्ष पेपराज कुरुङबाङ लिम्बुले सुरक्षा सम्बन्धि जानकारी दिए भने स्वागत मन्तव्य शाखाका वरिष्ठ उपाध्यक्ष चन्द्र बेघाले राखेका थिए ।
शाखाका सल्लाहकार र निवर्तमान अध्यक्ष विजय लिङथेपद्वारा सञ्चालित दोश्रो चरणको कार्यक्रम सांगीतिक माहोलमा भएको थियो । उक्त अवसरमा गायक तिगेला, थेबे र नेम्बाङको गायनले सबैलाई नचायो । साथै चन्द्रकला लङवा लिम्बुको नृत्य पनि आकर्षक थियो ।
अन्त्यमा शाखा अध्यक्ष अमृत लिम्बुले कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।
बिहान ११ देखि शुरु कार्यक्रम राती ११ बजे समापन भएको थियो ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित