लन्डन । लन्डनस्थित सफल व्यापारिक समूह कंडेल ग्रुपको द ब्रिटिश कलेजले एनआरएनए नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाइ दिएको छ । आठौं विश्व सम्मेलनले नयां नेतृत्व चयन गरे लगत्तै एनआरएनका नवनिर्वाचित अध्यक्ष भवन भट्टसहित अन्य पदाधिकारीलाई कलेजले काठमाण्डौंमा सम्मान गरि बधाइ दिएको हो ।
एक समारोहबीच कलेजका निर्देशकद्वय महेन्द्र कंडेल र नरेन्द्र कंडेलले अध्यक्ष भट्टसंगै उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, कोषाध्यक्ष हिक्मत थापा लगायतलाई खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा कलेजका निर्देशक महेन्द्र कंडेलले गैर आवासीय नेपाली संघको नयां नेतृत्वलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिए । महेन्द्र कंडेल एनआरएनए यूकेका पूर्व अध्यक्ष हुन् । लामो समयदेखि एनआरएन अभियानमा सक्रिय कंडेलले एनआरएनको दायरा फराकिलो हुनुपर्छ भन्दै आफ्नो पालामा विद्रोह गरि संस्थागत सुधारको प्रयास गरेका थिए ।
सम्मान ग्रहणपछि अध्यक्ष भट्टले ब्रिटिश कलेजलाई धन्यवाद दिंदै बेलायती गुणस्तरको उच्च शिक्षा नेपालमै सञ्चालन गरेकामा कलेजको प्रशंसा गरे । आगामी दिनमा एनआरएनका कयौं प्रोजेक्टमा ब्रिटिश कलेजसंग सहकार्य हुने आशा समेत भट्टले व्यक्त गरे ।
ब्रिटिश कलेजले एनआरएनए यूकेको नयां कार्यसमितिलाई पनि सम्मान गरयो । अध्यक्ष योगकुमार फगामी, उपाध्यक्षहरु ललित न्यौपाने, पुनम गुरुङ, शेरबहादुर सुनार र सुशिला राई, उपमहासचिव विनय अधिकारी, सदस्य अर्कराज तिमल्सिना लगायतलाई सम्मान गरिएको हो ।
त्यस्तै बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री केशव भण्डारी, पशुपतिनाथ मन्दिर लन्डनका अध्यक्ष सहदेव गिरी, एकाउण्टेन्ट एलएन पाण्डे लगायतलाई पनि खादा ओढाएर सम्मान गरियो ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार