
लन्डन । पत्रकारद्वय होम कार्की (नेपाल) र नवीन पोखरेल (बेलायत) लाई ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ प्रदान गरिएको छ । एनआरएनए आठौं विश्व सम्मेलन समापन समारोहमा मंगलबार उक्त पुरस्कार प्रदान गरिएको हो । एनआरएनए अध्यक्ष शेष घले र एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले कार्की र पोखरेल अनुपस्थित रहेकाले उनका बाबा रामचन्द्र पोखरेललाई पुरस्कार प्रदान गरे । पुरस्कारको राशी जनही ५० हजार पांचसय रुपैयां र ताम्रपत्र छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके र नेपाल पत्रकार महासंघ यूके शाखाद्वारा संयुक्त रुपमा स्थापित उक्त पुरस्कार प्रवासी नेपालीकाबारेमा निरन्तर समाचार सम्प्रेषण गर्ने एकजना नेपालभित्र र एक जना प्रवासका पत्रकारलाई हरेक दुई वर्षमा हुने एनआरएनए विश्व सम्मेलनका अवसरमा प्रदान गरिन्छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगरले पुरस्कारबारे अवगत गराएका थिए ।
एनआरएनए कोषाध्यक्ष हिक्मत थापाले सञ्चालन गरेको समारोहमा एनआरएनए नवनियुक्त अध्यक्ष भवन भट्टसहित सयौं अभियन्ताहरु सहभागी थिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य संयोजक तथा पत्रकारद्वय बबिता बस्नेत र भगिरथ योगी सदस्य रहेको छनोट समितिले कार्की र पोखरेललाई संयुक्तरुपमा उक्त पुरस्कारका लागि छनोट गरेको थियो । कान्तिपुर दैनिकमा आवद्ध कार्कीले लामो समयदेखि खाडी मुलुकमा नेपालीले भोग्नुपरेका समस्या र वीनेपालीका प्रधानसम्पादक एवं कान्तिपुरमै कार्यरत पोखरेलले एक दशकदेखि बेलायत बसेर नेपालीकाबारेमा रिपोर्टिङ गर्दै आएका छन् ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित