
हनोइ, २९ असोज (रासस-सिन्ह्वा) – भियतनामको उत्तरी र मध्य क्षेत्रमा यसै हप्ता भिषण बर्षापछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको समाचार छ ।
भियतनामको विपद् व्यवस्थापन तथा नियन्त्रण सम्वन्धी निकायले बाढी पहिरोमा परी अरु ३७ जना बेपत्ता भएको र ३१ जना घाइते भएको आइतबार जानकारी दिएको छ ।
पीडितमध्ये २० जना होअ बिन्ह प्रान्तका, १५ जना मध्य थान्ह होअ प्रान्त र नौ जना मध्य ने अन प्रान्तका रहेका छन् ।
गत शुक्रबार बिहान पहिरोमा परी हराएकामध्येका ११ ओटा शव उद्धारकर्ताहरुले निकालेका थिए । हराएका ३७ जना होआ बिन्ह, थान्ह होआ, ने अन र दुई ओटा अरु प्रान्तका रहेका छन् ।
पहिरोले झण्डै ४० हजार घरमा क्षती पुगको छ भने हनोइका साना घरहरु ध्वस्त भएका छन् ।
यस बर्षको सुरुका नौ महिनामा प्राकृतिक प्रकोपमा परी भियतनाममा मारिएका वा हराएको संख्या १६९ पुगेको छ । त्यसैगरी २३२ जना घाइते भएका छन् भने २ लाख ३६ हजार ८०० घरमा क्षती पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ ।
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
महिला टि-२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु