काठमाडौँ, २७ असोज (रासस) – आइसिसि विश्व लिग क्रिकेट च्याम्पियनसीपअन्तर्गत आज हङकङविरुद्धको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको छ ।
हङकङले नेपाललाई जितका लागि १९५ रनको लक्ष्य दिएको थियो । नेपालले ३४.५ ओभरमा सवै विकेट गुमाउँदै एक सय ११ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पारस खड्काले २६, आरिफ शेखले २३, ज्ञानेन्द्र मल्लले २१, विनोद भण्डारीले १८ तथा सोमपाल कामीले ११ रन बनाए ।
बलिङतर्फ हङकङका लागि एहेसान खानले पाँच तथा ऐजाज खानले तीन विकेट लिए ।
यसअघि हङकङको मिसनरोड मैदानमा भएको खेलमा टस जितेर नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।
हङकङका लागि जेमी एट्कीन्सनले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ११७ बल खेल्दै एक छक्का र नौ चौका प्रहार गरे । टनबीर अफजलले ३८ र कप्तान बाबर हायटले २९ रन जोडे ।
बलिङतर्फ नेपालका लागि सन्दिप लामिछाने तीन तथा वसन्त रेग्मी र करण केसीले समान दुई-दुई विकेट लिए ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी