लन्डन । एसियाको नोबेल पुरस्कार मानिने ‘रामोन म्यागासेसे’ पुरस्कार विजेता सामाजिक अभियन्ता महावीर पुनको बेलायत बसाइ अत्यधिक व्यस्त बनेको छ । गत ५ तारिख लन्डन हिथ्रो ओर्लिएका उनी फर्कने दिन नोभेम्बर ६ सम्म व्यस्त छन् । बेलायतका दर्जन भन्दा बढि स्थानमा उनीसंग भेटघाट, साक्षात्कार तथा सेमिनार तय गरिएका छन् ।
राष्ट्रिय आविष्कार केन्द्र निर्माणमा जुटेका पुनले बेलायत भ्रमणका क्रममा नेपालका दुर्गम वस्तीलाई इन्टरनेटसम्म जोड्ने आफ्नो अभियानबारे जानकारी दिनेछन् । ‘आविष्कार केन्द्रलाई सहयोग माग्न भन्दा पनि उक्त अभियानबारे अवगत गराउने मेरो मुल उद्देश्य हो’, माया पबमा अनौपचारिक भेटमा पुनले भने, ‘स्वेच्छाले सहयोग गर्नुहुन्छ भने स्वागत छ ।’
बेलायतस्थित उनका सहयोगी मणी पुनका अनुसार महावीरसंग बर्मिङहाम, बेलफास्ट, स्वीन्डन, अल्डरसट, युनिभर्सिटी अफ सरे, स्वान्सी, कार्डिफ, ननिटन, मेडस्टोन, रेडिङ, फुलफोर्ड ब्यारेक्स र हेल्स ब्यारेक क्याट्रिक, स्टाफोर्ड, ब्लान्डफोर्ड क्याम्प, प्लमस्टिड, माया पब हयारो, तमुधिं यूके हल मिचेट, यूडब्लुएस लन्डन क्याम्पस लगायत ठाउंमा सेसन राखिएको छ ।
२७ तारिख अल्डरसटस्थित एम्पायर हलमा अझ वृहत सहभागिताबीच कार्यक्रम गर्ने तयारी छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]