
लन्डन । लेस्टरवासी नेपालीको साझा संस्था सिर्जनशील लेस्टर नेपाल यूकेले हालै दशैं तिहार कार्यक्रम गरेको छ ।
एभरेष्ट डाइन रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा मिडल्यान्डबासी नेपालीको उत्साहजनक उपस्थिति थियो । उक्त अवसरमा राष्ट्रिय कलाकारद्वय बसन्त थापा र श्रीदेवी देवकोटाको प्रस्तुतिले कार्यक्रम अत्यन्तै रोचक बनेको आयोजकले जनाएका छन् ।
सिर्जनशील लेस्टर नेपाल यूकेका अध्यक्ष प्रेम आले मगरले दशैं तिहार शुभकामना व्यक्त गर्दै कार्यक्रमको सफलताले भविष्यमा भव्य सभ्य कार्यक्रम गर्न थप हौसला मिलेको बताए ।
अध्यक्ष मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा हालै निर्वाचित एनआरएनए यूकेका सचिव तारानाथ भन्डारीलाई विशेष वधाई दिंदै प्रमुख अतिथीको सम्मान दिइएको थियो । उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राजु कंडेल, पूर्व अध्यक्ष दयानिधि सापकोटा, निवर्तमान अध्यक्ष पशुपति पोख्रेल, साझा नेपाली समाज यूकेका अध्यक्ष रण बहादुर केसी, नोटिंगहम नेपाली समाजका अध्यक्ष प्रवीण पान्डे, कृष्ण ढकाल, कृष्ण सापकोटा, नारायण फंूयाल र विभिन्न संघ संस्थाका पदाधिकारीले शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा संस्थाका संरक्षक र सल्लाहकार रामप्रसाद निउरे र शिवलाल गौतमको पनि उपस्थिति थियो भने नेपालबाट आएका बुवा आमालाई पनि संस्थाका सदस्यहरु सुधा पान्डे र रिता गौतमले खादा लगाएर सम्मान गरेका थिए । जेष्ठ नागरिक तुकराज पाठकको शुभकामना मन्तब्यले सबैलाई विदेशमै भए पनि अग्रजहरुको न्यानो माया कायम रहेको आभास दिलाएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष बलराम चापागाईंले पाहुनाहरुलाई प्रवेशद्वारमा सम्मान गरेका थिए भने कार्यक्रमको औपचारिक चरणमा रिता गौतमले स्वागत मन्तव्य दिएकी थिइन् ।
संस्थाकी उपाध्यक्ष कला पोख्रेलद्वारा सञ्चालित कार्यक्रममा स्थानीय कलाकार चन्द्रा खत्री र रुपा खरेलले उत्कृष्ट नृत्य प्रस्तुत गरे भने राम बन्जाडेले दशैं तिहार आयो… बोलको गीत गाएर दर्शकलाई मन्त्रमुग्ध पारे ।
अशोक भट्टराईको एकल गीत गायन र पुस्कर सिलवाल अनि राष्ट्रिय कलाकार श्रीदेवी देवकोटाको दोहोरी रोचक बनेको थियो ।
कार्यक्रममा वाद्यवादनतर्फ संस्थाका सदस्य बिपीन क्षेत्री र भोजन सदस्य हरि महर्जनले व्यवस्थापन गरेका थिए । अध्यक्ष प्रेम आलेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने श्याम खत्री लगायत सबैमा आभार व्यक्त गरेका छन् ।
कला पोख्रेल र रिता गौतमद्वारा सञ्चालित अनौपचारिक कार्यक्रममा राष्ट्रिय कलाकारहरुको मिठो स्वरले माहोल रोमाञ्चित बनेको थियो ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने