
लन्डन । लेस्टरवासी नेपालीको साझा संस्था सिर्जनशील लेस्टर नेपाल यूकेले हालै दशैं तिहार कार्यक्रम गरेको छ ।
एभरेष्ट डाइन रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा मिडल्यान्डबासी नेपालीको उत्साहजनक उपस्थिति थियो । उक्त अवसरमा राष्ट्रिय कलाकारद्वय बसन्त थापा र श्रीदेवी देवकोटाको प्रस्तुतिले कार्यक्रम अत्यन्तै रोचक बनेको आयोजकले जनाएका छन् ।
सिर्जनशील लेस्टर नेपाल यूकेका अध्यक्ष प्रेम आले मगरले दशैं तिहार शुभकामना व्यक्त गर्दै कार्यक्रमको सफलताले भविष्यमा भव्य सभ्य कार्यक्रम गर्न थप हौसला मिलेको बताए ।
अध्यक्ष मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा हालै निर्वाचित एनआरएनए यूकेका सचिव तारानाथ भन्डारीलाई विशेष वधाई दिंदै प्रमुख अतिथीको सम्मान दिइएको थियो । उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राजु कंडेल, पूर्व अध्यक्ष दयानिधि सापकोटा, निवर्तमान अध्यक्ष पशुपति पोख्रेल, साझा नेपाली समाज यूकेका अध्यक्ष रण बहादुर केसी, नोटिंगहम नेपाली समाजका अध्यक्ष प्रवीण पान्डे, कृष्ण ढकाल, कृष्ण सापकोटा, नारायण फंूयाल र विभिन्न संघ संस्थाका पदाधिकारीले शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा संस्थाका संरक्षक र सल्लाहकार रामप्रसाद निउरे र शिवलाल गौतमको पनि उपस्थिति थियो भने नेपालबाट आएका बुवा आमालाई पनि संस्थाका सदस्यहरु सुधा पान्डे र रिता गौतमले खादा लगाएर सम्मान गरेका थिए । जेष्ठ नागरिक तुकराज पाठकको शुभकामना मन्तब्यले सबैलाई विदेशमै भए पनि अग्रजहरुको न्यानो माया कायम रहेको आभास दिलाएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष बलराम चापागाईंले पाहुनाहरुलाई प्रवेशद्वारमा सम्मान गरेका थिए भने कार्यक्रमको औपचारिक चरणमा रिता गौतमले स्वागत मन्तव्य दिएकी थिइन् ।
संस्थाकी उपाध्यक्ष कला पोख्रेलद्वारा सञ्चालित कार्यक्रममा स्थानीय कलाकार चन्द्रा खत्री र रुपा खरेलले उत्कृष्ट नृत्य प्रस्तुत गरे भने राम बन्जाडेले दशैं तिहार आयो… बोलको गीत गाएर दर्शकलाई मन्त्रमुग्ध पारे ।
अशोक भट्टराईको एकल गीत गायन र पुस्कर सिलवाल अनि राष्ट्रिय कलाकार श्रीदेवी देवकोटाको दोहोरी रोचक बनेको थियो ।
कार्यक्रममा वाद्यवादनतर्फ संस्थाका सदस्य बिपीन क्षेत्री र भोजन सदस्य हरि महर्जनले व्यवस्थापन गरेका थिए । अध्यक्ष प्रेम आलेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने श्याम खत्री लगायत सबैमा आभार व्यक्त गरेका छन् ।
कला पोख्रेल र रिता गौतमद्वारा सञ्चालित अनौपचारिक कार्यक्रममा राष्ट्रिय कलाकारहरुको मिठो स्वरले माहोल रोमाञ्चित बनेको थियो ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त