इश्लामावाद, पाकिस्तान, १७ असोज (रासस-सिन्ह्वा) – पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफ मङ्गलबार पुनः सत्ताधारी पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन)को प्रमुखमा सर्वसम्मत चयन हुनुभएको छ ।
पाकिस्तानका राष्ट्रपतिले निर्वाचन नीतिमा सुधार गर्नेसम्बन्धि विधेयकलाई स्वीकृत गरेको ठीक एक दिन पछि सरीफलाई पार्टी प्रमुख बनाइएको हो ।
सरीफको पार्टीमा प्रमुखका लागि उहाँको विरुद्धमा कुनै पनि उम्मेदवारी नपरेको पिएमएल–एनले जनाएको छ । पिएमएल–एनका निर्वाचन आयुक्त चौधरी जफार इकवालले सरीफको विरुद्धमा कुनैपनि उम्मेदवारी नपरेपछि पूर्व प्रधानमन्त्रीलाई नै पार्टी अध्यक्ष भएको घोषणा पिएमएल–एनको सामान्य परिषद् बैठकमा गर्नुभएको हो । बैठकमा उक्त दलका प्रादेशिक तथा राष्ट्रिय सभाका गरी ५०० भन्दा बढी संसद सदस्यको उपस्थिति रहेको थियो ।
पाकिस्तानको निर्वाचन आयोगले सरीफ पिएमएल–एनको अध्यक्ष भएको औपचारिक घोषणा गर्नेछ ।
सरीफमाथि लागेको भ्रष्टाचार आरोपपछि यही बर्षको जुलाईमा उहाँ प्रधानमन्त्री हुन अयोग्य भएको पाकिस्तानी सर्वोच्च अदालतले घोषणा गरेको थियो । पाकिस्तानको निर्वाचनसम्बन्धि कानून अनुसार राज्यको तत्कालिन कानूनले अयोग्य मानेको व्यक्तिले कुनैपनि दलको सदस्य वा पार्टी प्रमुख हुन नपाउने प्रावधान बमोजिम उहाँले पिएमएल–एनको अध्यक्ष पदबाट पनि राजिनामा दिनुभएको थियो ।
तर उक्त प्रावधानलाई पाकिस्तानी राष्ट्रिय सभाले सोमबार संशोधन गरी सरीफलाई दलको प्रमुख बन्ने कानुनी आधार निर्माण गरिदिएको थियो । पछिल्लो संशोधन अनुसार सरकारी सेवामा नरहेको कोही पनि पाकिस्तानी नागरिकले दलको सदस्य वा प्रमुख बन्न पाउने छ ।
यस प्रावधान पास भएपछि यहाँका दुई प्रतिपक्ष दलले निर्वाचनसम्बन्धि हालै गरिएको सुधारलाई असंवैधानिक कदम भन्दै यसविरुद्ध सिन्ध उच्च अदालतमा उजुर दर्ता गरेका छन् ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?