गोर्खा रेजिमेन्टभित्र दशैं उल्लास

लन्डन । नेपालीहरुको महान सांस्कृतिक पर्व दशैं गोर्खा सैनिकले पनि हर्षोल्लासका साथ मनाए । वारमिनिस्टरस्थित आर्मी ग्यारिजनको सभाहलमा गोर्खा सैनिकहरुले वडा दशैं मनाएका हुन् । बेलायतस्थित बिग्रेड अफ गोर्खाजले प्रत्येक वर्ष दशैं तिहारको उपलक्ष्यमा विशेष कार्यक्रम गर्ने 
परम्परा छ ।

गोर्खा रेजिमेन्टमा कार्यरत सैनिक र तिनका सन्तानलाई आफ्नो पर्व, संस्कृतिबारे जानकारी 
गराउन र नेपाली कला संस्कृति एवं परम्परा जगेर्ना 
गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजक रेजिमेन्टका अफिसर कमान्डिङ मेजर प्रकाश 
गुरुङले जानकारी दिए । उनले दशैं तिहार नेपालीको महान पर्व मात्र नभएर यो नेपालीको चिनारी समेत भएकाले प्रत्येक वर्ष गोर्खा रेजिमेन्टभित्र फूलपाती, कालरात्री र 
अन्तमा रात्रीभोजसहित सांगीतिक कार्यक्रम गर्ने चलन रहेको बताए ।

गोर्खाहरुले विजया दशमीका दिन रेजिमेन्टका गोर्खा मेजरबाट टिका, जमरासहित आर्शिवाद ग्रहण गरे ।

कार्यक्रममा प्रमुख अतिथी गणपति कर्णेल र विशेष अतिथी ग्यारिजन कमान्डर सहभागी थिए । अतिथीहरुलाई नेपाली टोपी र पुष्पगुच्छा दिंदै मेजर गुरुङले स्वागत गरेका थिए ।

उक्त अवसरमा गायक राजन लिम्बुले दशैं तिहार सम्बन्धि गीत प्रस्तुत गरे भने उत्तम थापा मगर र सुवास गुरुङले गोर्खा सैनिकभित्र चर्चित ‘खुकुरी नृत्य’ आकर्षक ढंगले प्रस्तुत गरे । त्यसैगरी ‘मै नाचु छमछमी’ मा जीवन गुरुङ र उत्तम थापा मगरको जोडदार नृत्य रहयो ।

‘कुटुमा कुटु…’ बोलको गीतमा कन्या गुरुङ, शिला गुरुङ, वर्षा र टिना घलेले आकर्षक नृत्य प्रस्तुत गरे । कम्पनीमा कार्यरत बेलायती महिला सैनिक फ्रान्की हार्ड र उत्तम मगरले अंग्रेजी गीत ‘मि लाइक यू’ प्रस्तुत गरेर उपस्थित बेलायती नागरिकलाई भरपुर मनोरन्जन दिएका थिए ।

उक्त सांस्कृतिक कार्यक्रम वारेन्ट अफिसर टु रित 
गुरुङले संयोजन गरेका थिए । यसै वर्ष ब्रिगेड अफ गोर्खाजको पहिलो र दोश्रो बटालियनले संयुक्त 
रुपमा स्थापना गरेको ‘ट्रेनिङ सपोर्ट कम्पनी’ का कमान्डर मेजर गुरुङले दशैं शुभकामना दिंदै अन्य गोर्खा रेजिमेन्टले जस्तै हरेक वर्ष दशैं मनाउने जानकारी दिएका थिए ।

कम्पनीका सार्जन्ट मेजर वारेन्ट अफिसर चोलानाथ लिम्बुको निर्देशनमा वारेन्ट अफिसर टु गंगा गुरुङ र वसन्त राईले रात्रीभोज संयोजन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री