मस्को, ११ आसोज (रासस-एएफपी) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा रहेका सबै रासायनिक हतियार नष्ट गरेको जानकारी दिनुभएको छ ।
उहाँले बुधबार साँझसम्ममा रुसमा रहेको अन्तिम रासायनिक हतियार पनि नष्ट गरिने जानकारी दिनुभएको हो ।
रुसी समाचार समितिले उहाँलाई उद्धरण गर्दै भनेको छ– ‘हामीले रुसमा रहेको अन्तिम यस्तो हतियार पनि नष्ट गर्ने योजना बनाएका छौँ र त्यो हतियार बुधबार अबेरसम्ममा नष्ट गरिनेछ ।’
उहाँले अमेरिकाले भने यस्ता हतियार नष्ट नगरेको आरोप पनि लगाउनुभएको छ । उहाँले भन्नुभएको छ– ‘हामीले त यस्ता हतियार नष्ट गरयौँ तर अमेरिकाले भने गरेको छैन ।’
उहाँले यस्ता हतियारहरू नष्ट गर्नेसम्बन्धी समय पूरा भएको भए पनि संयुक्त राष्ट्रसंघले भने यस्ता हतियार नष्ट गर्नका लागि बाध्यात्मक अवस्था सिर्जना गर्न नसकेको आरोप पनि लगाउनुभयो ।
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड