पुटिनद्वारा रासायनिक हतियार सबै नष्ट गरेको जानकारी

मस्को, ११ आसोज (रासस-एएफपी) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा रहेका सबै रासायनिक हतियार नष्ट गरेको जानकारी दिनुभएको छ ।

उहाँले बुधबार साँझसम्ममा रुसमा रहेको अन्तिम रासायनिक हतियार पनि नष्ट गरिने जानकारी दिनुभएको हो ।

रुसी समाचार समितिले उहाँलाई उद्धरण गर्दै भनेको छ– ‘हामीले रुसमा रहेको अन्तिम यस्तो हतियार पनि नष्ट गर्ने योजना बनाएका छौँ र त्यो हतियार बुधबार अबेरसम्ममा नष्ट गरिनेछ ।’

उहाँले अमेरिकाले भने यस्ता हतियार नष्ट नगरेको आरोप पनि लगाउनुभएको छ । उहाँले भन्नुभएको छ– ‘हामीले त यस्ता हतियार नष्ट गरयौँ तर अमेरिकाले भने गरेको छैन ।’

उहाँले यस्ता हतियारहरू नष्ट गर्नेसम्बन्धी समय पूरा भएको भए पनि संयुक्त राष्ट्रसंघले भने यस्ता हतियार नष्ट गर्नका लागि बाध्यात्मक अवस्था सिर्जना गर्न नसकेको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री