लन्डन । यसैवर्ष दुई वृहत इभेन्ट ‘गोर्खा कप’ र ‘नेपाली मेला’ गरेको तमुधिं यूके अब नेपालका जेहेन्दार र गरिव विद्यार्थीलाई छात्रवृत्ति जुटाउन अग्रसर भएको छ । तमुधिं यूकेले गत आइतबार नेपालका विद्यार्थीलाई छात्रवृत्ति जुटाउन अल्डरसटस्थित एम्पायर हलमा भव्य च्यारिटी डिनर गरेको छ । एनआरएनए आइसीसी अध्यक्ष डा. शेष घले र उनकी जीवनसंगिनी जमुना घलेको विशेष आतिथ्यमा कार्यक्रम भएको हो ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालको सहयोगार्थ आयोजित उक्त च्यारिटीका क्रममा १४ जना विद्यार्थीलाई छात्रवृत्ति जुटाउन तमुधिं यूके सफल भएको छ ।
यस वर्षमात्र छात्रवृत्ति दाताहरुमा तमुधिं यूके संरक्षक डा. शेष घले तथा जमुना घले ५ जना विद्यार्थी, एनआरएनए आइसीसी सल्लाहकार त्रिलोक गुरुङ २ जना, पिपल मोर्गेजका प्रोप्राइटर सूर्य गुरुङ १, डा. लोकेश गुरुङ तथा अन्तिम गुरुङ १, मेजर हितमान गुरुङ तथा कल्पना गुरुङ १, धन गुरुङ तथा सावित्री गुरूङ १, याक ऐन्ड यती रेष्टुरेन्ट बाथका प्रोप्राइटर सेरा गुरुङ १ जना, एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य १ र नन्दजंग गुरुङ तथा जगतमाया गुरुङ १ छन् । अशोक गुरुङ तथा यशोधा गुरुङले ५० हजार रुपैयां नगद प्रदान गरे । डा. घलेले गत वर्ष पनि ५ जना विद्यार्थीको छात्रवृत्ति व्यवस्था गरेकाले उनको जिम्मामा कुल दश जना पुगेका छन् ।
तमुधिं यूके सदस्यहरु, सल्लाहकारहरु र संरक्षकबाट गरि छात्रवृत्ति पाउने विद्यार्थी संख्या ७७ पुगेको तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए । आय ब्यय विवरण आएपछि तमुधिं यूकेको तर्फबाट विद्यार्थी संख्या अझ वृद्धि हुने अध्यक्ष गुरुङले बताए ।
बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको तमुधिं यूकेले विगतमा बाढी पीडित, क्यान्सर रिसर्च यूके, गोर्खा वेलफेयर ट्रष्ट, रसमोर बरो काउन्सिल मेयर फन्ड आदिमा सहयोग गरिसकेको छ ।
उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ २०५८ सालमा स्थापित तमु सांस्कृतिक प्रतिष्ठान नेपालले ९ जिल्लामा छात्रवृत्ति अभियान चलाइरहेको छ । यो संस्थाको ठूलो दाताका रुपमा तमुधिं यूकेले उल्लेख्य सहयोग गर्दै आएको छ ।
एनआरएनए आइसीसी अध्यक्ष डा. शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त च्यारिटी कार्यक्रममा घले जीवनसंगिनी जमुना घले, एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य, आइसीसी सल्लाहकारहरु, एनआरएनए यूकेका नवनियुक्त पदाधिकारी, बेलायतस्थित विभिन्न संघ संस्थाका प्रतिनिधि र अध्यक्षहरु, इजीजी ग्रुप बेजिङस्टोक, मिस यूके नेपाल टिम, सहारा यूके, बुद्धिष्ट कम्युनिटी सेन्टर यूके, धम्पुस समाज यूके,घान्द्रुक समाज यूके, साेंपाल समाज यूके, चार भन्ज्याङ समाज यूके, सिक्लेस पार्चे समाज यूके, तमुधिं यूके ईकाईहरु, तमुधिं युथ, तमुधिं यूके आमा समूह, लमजुङ तमु समाज यूके, तमु प्ये लु संघ यूके, चन्दादाता, प्रायोजकहरु र अन्य संघ संस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति थियो ।
च्यारिटीमय बनेको उक्त कार्यक्रममा आमा समूहको ‘राफल ड्र’ को प्रथम पुरस्कार अनुराग सुनचांदी पसल अल्डरसटले प्रायोजन गरेको थियो । बांकी आठ वटा पुरस्कार प्रायोजनबाट उठेको रकम उदय मावि धम्पुसलाई सहयोग गर्ने आमा समूहकी अध्यक्ष प्रेमा गुरुङले बताइन् ।
जमुना घले प्रथम पुरस्कार पाउने भाग्यमानी बनेपनि घलेले जितेको पुरस्कार सुनको चन्द्रमा स्कुलको कोषमा वृद्धि गर्न फिर्ता गरेकी थिइन् । उक्त विद्यालयको सहयोगार्थ लिडिया गुरुङले ५० पाउण्ड, श्रीमती कृष्ण गुरुङबाट ५० पाउण्ड र सल्लाहकार कमल गुरुङले तीनसय पाउण्ड प्रदान गरेका थिए ।
कार्यक्रममा अतिथिहरु, एनआरएनए यूकेका नवनिर्वाचित पदाधिकारीहरु, मिस यूके नेपाल २०१७ विजेता सिर्जना गुरुङ, कलाकारहरु, विद्यार्थी, छात्रवृत्ति दाताहरु र नेपाली मेलाका संयोजक उपाध्यक्ष हितकाजी गुरुङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी गुरुङको शुभकामना सन्देश र प्रतिष्ठानको गतिविधि समावेश गरिएको भिडियो वृत्तचित्र देखाइएको थियो । हरि गुरुङ संयोजक र संस्थापक अध्यक्ष मीन गुरुङको सहसंयोजनमा आयोजित उक्त कार्यक्रम सञ्चालन महासचिव कृष्ण गुरुङ र सांस्कृतिक कार्यक्रम इन्द्र गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रमको अध्यक्षता तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले गरेका थिए ।
राफल ड्र सञ्चालन आमा समूहकी महासचिव यशोदा गुरुङले गरेकी थिइन् । कार्यक्रममा संरक्षक डा. शेष घले, त्रिलोक गुरुङ र एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले शुभकामना मन्तव्य र मीनप्रसाद गुरुङले प्रतिष्ठानको इतिहासबारे प्रष्टयाएका थिए ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग