लन्डन । एसियाको नोबेल पुरस्कार मानिने रामोन म्यागासेसे पुरस्कार विजेता तथा सामाजिक अभियन्ता महावीर पुन युके आउने भएका छन् ।
नेपालका दुर्गम वस्तीलाई इन्टरनेटसम्म जोड्ने अभियान चलाएका पुन अहिले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि जोडतोडले लागि परेका छन् ।
हिमालयन ब्याडमिन्टन क्लब, लन्डनको निमन्त्रणामा पुन यही अक्टोबर ५ मा लन्डनको हिथ्रो एयरपोर्ट अवतरण हुने बताइएको छ । झन्डै एक महिना लामो बेलायत यात्राका क्रममा उनले राष्ट्रिय आविष्कार केन्द्रका बारेमा बेलायतको विभिन्न क्षेत्र, व्यक्ति र संस्थाहरुसित अन्तरक्रिृया गर्ने कार्यक्रम छ । पुनले अक्टोबर ८ मा निरमाया रेष्टुरेन्ट अल्डरसट, १४ मा मेड्स्टोन फेमेली चर्च मेड्स्टोन र १५ मा हेरिटेज सेन्टर ननिङटनमा कार्यक्रम गर्ने छन् । यसैगरी अक्टोबर २४ मा युनिभर्सिटी अफ वेस्ट स्कटल्याण्ड लन्डन, २७ मा एम्पायर हल अल्डरसट र २९ मा फुल्फोर्ड ब्यारेक योर्कमा अन्तरक्रिया कार्यक्रमहरु तय भएका छन् ।
पुन राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरी नेपाललाई अनुसन्धान र विकासको संस्कारमा प्रेरित गर्ने र देशलाई तीव्र गतिमा विकास गर्न चाहन्छन् । केन्द्रको स्थापनालाई दीर्घकालीन राष्ट्र निर्माणको अभियानसित तुलना गर्दै उनले नेपाललाई माया गर्ने सबै ब्यक्ति, संस्था, समुदायलाई यस अभियानमा सहभागी हुन अनुरोध गरेका छन् । अभियानमा सहभागी हुन आर्थिक सहयोग नै गर्नुपर्छ भन्ने मान्यता नराख्ने पुन अन्तरक्रिया कार्यक्रममा उपस्थित भएर वा आविष्कार केन्द्रको विषयमा जानकारी लिएर पनि सहयोग गर्न सकिने बताउंछन् । जसका लागि संयोजक कुल राई – 07703811507, गंगा थापा – 07837 625121, मिलन राई – 07913 0578 वा क्याप्टेन अब्तार श्रेष्ठ – 07446 023585 लाई सम्पर्क गरी सहभागी हुने सकिने छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार