लन्डन । एसियाको नोबेल पुरस्कार मानिने रामोन म्यागासेसे पुरस्कार विजेता तथा सामाजिक अभियन्ता महावीर पुन युके आउने भएका छन् ।
नेपालका दुर्गम वस्तीलाई इन्टरनेटसम्म जोड्ने अभियान चलाएका पुन अहिले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि जोडतोडले लागि परेका छन् ।
हिमालयन ब्याडमिन्टन क्लब, लन्डनको निमन्त्रणामा पुन यही अक्टोबर ५ मा लन्डनको हिथ्रो एयरपोर्ट अवतरण हुने बताइएको छ । झन्डै एक महिना लामो बेलायत यात्राका क्रममा उनले राष्ट्रिय आविष्कार केन्द्रका बारेमा बेलायतको विभिन्न क्षेत्र, व्यक्ति र संस्थाहरुसित अन्तरक्रिृया गर्ने कार्यक्रम छ । पुनले अक्टोबर ८ मा निरमाया रेष्टुरेन्ट अल्डरसट, १४ मा मेड्स्टोन फेमेली चर्च मेड्स्टोन र १५ मा हेरिटेज सेन्टर ननिङटनमा कार्यक्रम गर्ने छन् । यसैगरी अक्टोबर २४ मा युनिभर्सिटी अफ वेस्ट स्कटल्याण्ड लन्डन, २७ मा एम्पायर हल अल्डरसट र २९ मा फुल्फोर्ड ब्यारेक योर्कमा अन्तरक्रिया कार्यक्रमहरु तय भएका छन् ।
पुन राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरी नेपाललाई अनुसन्धान र विकासको संस्कारमा प्रेरित गर्ने र देशलाई तीव्र गतिमा विकास गर्न चाहन्छन् । केन्द्रको स्थापनालाई दीर्घकालीन राष्ट्र निर्माणको अभियानसित तुलना गर्दै उनले नेपाललाई माया गर्ने सबै ब्यक्ति, संस्था, समुदायलाई यस अभियानमा सहभागी हुन अनुरोध गरेका छन् । अभियानमा सहभागी हुन आर्थिक सहयोग नै गर्नुपर्छ भन्ने मान्यता नराख्ने पुन अन्तरक्रिया कार्यक्रममा उपस्थित भएर वा आविष्कार केन्द्रको विषयमा जानकारी लिएर पनि सहयोग गर्न सकिने बताउंछन् । जसका लागि संयोजक कुल राई – 07703811507, गंगा थापा – 07837 625121, मिलन राई – 07913 0578 वा क्याप्टेन अब्तार श्रेष्ठ – 07446 023585 लाई सम्पर्क गरी सहभागी हुने सकिने छ ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो