लन्डन । एनआरएनए यूकेको निर्वाचन ०१७ मा अध्यक्षका दुई प्रत्यासीहरु कृष्ण तिमल्सेना र हिराधन राई संघको सल्लाहकार नियुक्त भएका छन् । एनआरएनए यूकेको बुझबुझारथ कार्यक्रममा आइतबार एम्पायर हलमा आयोजित एक कार्यक्रममा दुई प्रत्यासीलाई नवनियुक्त अध्यक्ष योगकुमार फगामीले सल्लाहकार नियुक्त गरेको घोषणा गरियो । अध्यक्ष फगामीले दुई उपविजेतालाई तत्काल सल्लाहकार नियुक्त गरेर संघमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा भएको छ ।
तिमल्सेना संघमा उपाध्यक्ष र आइसीसी सदस्य भइसकेका छन् भने राई दुई पटक उपाध्यक्ष भइसकेका छन् ।
उक्त समारोहमा एनआरएनए आइसीसी अध्यक्ष डा. शेष घले, एनआरएनए आइसीसी सल्लाहकारहरु डमर घले, विश्व आदर्श पण्डित र त्रिलोक गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्षहरु (सबै स्वतः संरक्षक) कुल आचार्य, मुछेत्र गुरुङ, सूर्य गुरुङ, योगेन क्षेत्री, महेन्द्र कंडेल, एनआरएनए आइसीसी प्रवक्ता रन्जु थापा, सोनाम लामा, पासाङ शेर्पा लगायत सहभागी थिए ।
प्रवक्तामा रमेशसिंह सराङकोटी

यसैबीच, एनआरएनए यूकेको प्रवक्तामा रमेशसिंह सराङकोटी नियुक्त भएका छन् । सोही कार्यक्रममा सराङकोटीलाई प्रवक्ता नियुक्त गर्दै भविष्यमा संघका हरेक गतिविधि मिडिया र अन्य सम्वन्धित ठाउंमा छिटो र प्रभावकारी ढंगले पुरयाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
सराङकोटी सामाजिक काममा सक्रिय बेलायतका एकजना अभियन्ता हुन् । संघमा अशोक श्रेष्ठ अध्यक्ष भएको बेला उनी कार्यालय सचिव थिए । ए स्टार फाइनान्सियल सर्भिसेस्मा फाइनान्सियल एडभाइजर छन् उनी ।
उक्त कार्यक्रम महासचिव राजकुमार त्रिपाठीले सञ्चालन गरेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]