लन्डन । बेलायतको सांगीतिक टुरबाट छोटो ‘ब्रेक’ लिएर चर्चित संगीतकार कालिप्रसाद बास्कोटा र गायक हेमन्त राना बिहीबार कतार उडेका छन् । नेपाल आइडल ग्राण्ड फिनालेका लागि उनीहरु कतारतर्फ प्रस्थान गरेका हुन् ।
बास्कोटा नेपाल आइडलका जज हुन् भने रानाले त्यहां कार्यक्रम प्रस्तुत गर्नेछन् । नेपाल आइडलको फिनाले सकिए लगत्तै ति कलाकार बेलायतका बांकी कार्यक्रममा सहभागी हुन फेरि लन्डन फर्कने कार्यक्रम छ ।
भोलि आश्विन ६ गते शुक्रबार (सेप्टेम्बर २१ तारिख) कतारको एसियन टाउन एम्पिथिएटर ग्राण्डमल, सनाया दोहामा सांझ ५ बजे ग्राण्ड फिनाले हुंदैछ । उक्त अन्तिम प्रतिष्पर्धालाई विश्वभरका नेपालीले चासो पूर्वक हेरेका छन् । आ आफ्नो पक्षका प्रतिभालाई जिताउन अहिले स्वदेश र विदेशमा रहेका नेपालीले अनलाइन भोटिङ गरिरहेका छन् ।
नेपाल आइडलको टप थ्रीमा प्रताप दास, बुद्ध लामा र निशान भट्टराई पुगेका छन् । नेपाल आइडललाई नेपाली सांगीतिक फांटमा एउटा ऐतिहासिक फड्कोका रुपमा हेरिएको छ ।
नेपाल आइडलका अन्तिम तीन प्रतियोगीको हौसला बढाउन लोकप्रिय कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) कतार पुगेका छन् । अन्य टप टेनभित्र परेका प्रतियोगी र अतिथी कलाकारहरु समेत कतार जाने क्रम जारी छ । फिनालेलाई एपी वान एचडी टिभीले लाइभ ब्रोडकास्ट गर्ने कार्यक्रम छ ।
काली र हेमन्त नेपाल आइडल सकेर शनिबार बिहान लन्डन आउने कार्यक्रम रहेको बेलायत सांगीतिक टुरका एकजना आयोजक सिद्धार्थविक्रम क्षेत्रीले जानकारी दिए ।
श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपले विजया दशमी शुभकामना सांझ गरेको हो । काली र हेमन्तका साथ मोडल सुष्मा कार्की पनि यूके टुरमा छन् । उनीहरुको पहिलो शो अल्डरटस्थित एम्पायर हल र दोश्रो शो लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा अत्यधिक सफलताका साथ सम्पन्न भइसकेको छ भने आगामी २३ सेप्टेम्बरमा रेडिङस्थित किन्की कोला, २४ सेप्टेम्बरमा आसफोर्ड नोर्टन न्याचबुल स्कुल हल र १ अक्टोबरका दिन गेटवे हाउस उलवीच लन्डनमा हुने कार्यक्रम छ । पिटरबरो र लन्डनका अन्य शहरमा समेत कार्यक्रम गर्न डिमाण्ड बढेपछि आयोजक थप शो गर्ने तयारीमा छन् ।
यसैबीच, कलाकारहरु कालिप्रसाद बास्कोटा, हेमन्त राना, सुष्मा कार्की र नायक अनुप विक्रम शाहीले बुधबार लन्डनस्थित नेपाली दूतावासमा न्यानो आतिथ्य पाएका छन् । सिद्धार्थविक्रम क्षेत्रीका साथ दूतावास गएका कलाकारहरुले नेपालको संविधान तथा राष्ट्रिय दिवसमा आयोजित विशेष समारोहमा सहभागिता जनाउंदै दूतावास भवन अवलोकन समेत गरे । नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी लगायत दूतावास कर्मचारीले कलाकारहरुको स्वागत गरेका थिए । राजदूत सुवेदी कलाकारहरुलाई ‘राष्ट्रको गहना’ ठान्छन् ।
कलाकारहरुको बेलायत तथा अन्य देशका कूटनीतिज्ञ र स्थानीय मेयरहरुसंग भलाकुसारी समेत भएको थियो ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग