लन्डन । बेलायतको सांगीतिक टुरबाट छोटो ‘ब्रेक’ लिएर चर्चित संगीतकार कालिप्रसाद बास्कोटा र गायक हेमन्त राना बिहीबार कतार उडेका छन् । नेपाल आइडल ग्राण्ड फिनालेका लागि उनीहरु कतारतर्फ प्रस्थान गरेका हुन् ।
बास्कोटा नेपाल आइडलका जज हुन् भने रानाले त्यहां कार्यक्रम प्रस्तुत गर्नेछन् । नेपाल आइडलको फिनाले सकिए लगत्तै ति कलाकार बेलायतका बांकी कार्यक्रममा सहभागी हुन फेरि लन्डन फर्कने कार्यक्रम छ ।
भोलि आश्विन ६ गते शुक्रबार (सेप्टेम्बर २१ तारिख) कतारको एसियन टाउन एम्पिथिएटर ग्राण्डमल, सनाया दोहामा सांझ ५ बजे ग्राण्ड फिनाले हुंदैछ । उक्त अन्तिम प्रतिष्पर्धालाई विश्वभरका नेपालीले चासो पूर्वक हेरेका छन् । आ आफ्नो पक्षका प्रतिभालाई जिताउन अहिले स्वदेश र विदेशमा रहेका नेपालीले अनलाइन भोटिङ गरिरहेका छन् ।
नेपाल आइडलको टप थ्रीमा प्रताप दास, बुद्ध लामा र निशान भट्टराई पुगेका छन् । नेपाल आइडललाई नेपाली सांगीतिक फांटमा एउटा ऐतिहासिक फड्कोका रुपमा हेरिएको छ ।
नेपाल आइडलका अन्तिम तीन प्रतियोगीको हौसला बढाउन लोकप्रिय कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) कतार पुगेका छन् । अन्य टप टेनभित्र परेका प्रतियोगी र अतिथी कलाकारहरु समेत कतार जाने क्रम जारी छ । फिनालेलाई एपी वान एचडी टिभीले लाइभ ब्रोडकास्ट गर्ने कार्यक्रम छ ।
काली र हेमन्त नेपाल आइडल सकेर शनिबार बिहान लन्डन आउने कार्यक्रम रहेको बेलायत सांगीतिक टुरका एकजना आयोजक सिद्धार्थविक्रम क्षेत्रीले जानकारी दिए ।
श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपले विजया दशमी शुभकामना सांझ गरेको हो । काली र हेमन्तका साथ मोडल सुष्मा कार्की पनि यूके टुरमा छन् । उनीहरुको पहिलो शो अल्डरटस्थित एम्पायर हल र दोश्रो शो लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा अत्यधिक सफलताका साथ सम्पन्न भइसकेको छ भने आगामी २३ सेप्टेम्बरमा रेडिङस्थित किन्की कोला, २४ सेप्टेम्बरमा आसफोर्ड नोर्टन न्याचबुल स्कुल हल र १ अक्टोबरका दिन गेटवे हाउस उलवीच लन्डनमा हुने कार्यक्रम छ । पिटरबरो र लन्डनका अन्य शहरमा समेत कार्यक्रम गर्न डिमाण्ड बढेपछि आयोजक थप शो गर्ने तयारीमा छन् ।
यसैबीच, कलाकारहरु कालिप्रसाद बास्कोटा, हेमन्त राना, सुष्मा कार्की र नायक अनुप विक्रम शाहीले बुधबार लन्डनस्थित नेपाली दूतावासमा न्यानो आतिथ्य पाएका छन् । सिद्धार्थविक्रम क्षेत्रीका साथ दूतावास गएका कलाकारहरुले नेपालको संविधान तथा राष्ट्रिय दिवसमा आयोजित विशेष समारोहमा सहभागिता जनाउंदै दूतावास भवन अवलोकन समेत गरे । नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी लगायत दूतावास कर्मचारीले कलाकारहरुको स्वागत गरेका थिए । राजदूत सुवेदी कलाकारहरुलाई ‘राष्ट्रको गहना’ ठान्छन् ।
कलाकारहरुको बेलायत तथा अन्य देशका कूटनीतिज्ञ र स्थानीय मेयरहरुसंग भलाकुसारी समेत भएको थियो ।
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक