काठमाडौँ, ४ असोज (रासस) – महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बडादशैँ, तिहार तथा छठ पर्वका बेला सुरक्षाका लागि काठमाडौँ उपत्यकामा पाँच हजार ४३७ प्रहरी खटाउने भएको छ ।
कार्यालयले दशैँ, तिहार तथा छठ पर्वमा चोरी, ठगी, डकैती, लुटपाट, पाकेटमारी, करणी, मानव बेचविखन, अपहरण, झैझगडा जस्ता घटनाको निगरानी तथा आवश्यक कारबाहीका लागि उक्त जनशक्ति खटाउन लागिएको हो ।
कार्यालयले आज पत्रकार सम्मेलन गरी जुवातास, लङ्गुर बुर्जा, मापसे सेवन गरी होहल्ला, कालोबजारी, पटाका, विभिन्न बहानामा हुने चन्दा आतंक, जर्बजस्ती असुली, गुण्डागर्दी, सवारी दुर्घटना रोक्न विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले घटना घटेको पाँच मिनेटमा घटनास्थल पुग्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो । ‘महत्वपूर्ण प्रतिष्ठान, सपिङ मल तथा बैंकिङ क्षेत्रमा २४ सै घण्टा गस्ती पहरा तथा प्रहरी परिचालन गर्ने प्रवन्ध मिलाएका छौँ’ – चन्दले भन्नुभयो ।
कार्यालयले मठ मन्दिर, मेलापर्व, विमानस्थल तथा बसपार्क, होटल तथा गेष्ट हाउस, उपत्यका भित्रिने तथा बाहिरिने नाका, उपहार तथा चिठ्ठाको नाममा हुने ठगीलाई रोक्न विशेष सुरक्षा योजना लागू गरेको छ ।
यस्तै, घरदैलो कार्यक्रम सञ्चालन, सचेतना कार्यक्रम, अन्तक्र्रिया, नागरिक सुनुवाइ, सामुदायिक प्रहरी परिचालन, सामाजिक सञ्जाल तथा ट्राफिक एफएमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । यसैगरी, यात्रुहरु नठगियूँन भन्नाका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिने छ भने यात्रु सहायता कक्षमार्फत पनि सहयोग पुरयाइने छ । उपत्यकाका ३२ स्थानमा जाँच गर्ने प्रवन्ध गरिएको छ ।
कार्यालयले होहल्ला गरेमा, शंकास्पद सामान ओसारपसार गरेमा, मदिरा सेवन गरी सवारी चलाएमा, जुवा तास खेलेको भेटाएमा, कालोबजारी भइरहेको, दुर्घटना भएको वा नशाको प्रभावमा हिँडिरहेको व्यक्ति देखेमा नेपाल प्रहरीको कन्ट्रोल १०० वा काठमाडौँ, भक्तपुर वा ललितपुर प्रहरीका प्रमुखलाई तत्काल खबर गर्न आग्रह पनि गरेको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग