
गोरखामा आज आयोजित बैचारिक, राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री एवं नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तस्वीर ः प्रशन्न पोखरेल, गोरखा- रासस
गोरखा, ४ असोज (रासस) – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आएपनि माओवादीले क्रान्ति नछाडेको बताउनुभएको छ ।
गोरखा नगरपालिकास्थित दशकिलोमा कार्यकर्तालाई आज प्रशिक्षण दिँदै उहाँले विचार र कार्यदिशामा प्रष्टता नहुँदा माओवादीले जनताबाट भोट तान्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘माओवादी विचार र लाइनमा अस्पष्ट भएजस्तो देखियो । जनयुद्धताका के गर्ने, कसो गर्ने भन्ने स्पष्ट थियो, शान्ति प्रक्रियापछि रुमलिएको जस्तो भएको छ । पार्टी र नेता बिग्रिएका हुन् कि, कार्यकर्ता अल्छी भएका हुन् कि जस्तो भयो ।’
जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा पार्टी र नेताबाट केही गल्ती भएको स्वीकार्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियापछि प्रतिक्रियावादीले माओवादी पार्टीलाई फुटाएको आरोप लगाउनुभयो । नेता, कार्यकर्तामा जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आउनु हुन्थ्यो वा हुँदैनथ्यो भन्ने भ्रम बाँकी रहेको भन्दै उहाँले माओवादीले क्रान्ति नछाडेको र निरन्तर क्रान्तिमै रहेको प्रष्टीकरण दिँदै भन्नुभयो, ‘शान्ति प्रक्रियामा आउनु ठिक हो वा होइन भन्ने ‘कन्फ्युजन’ छ । शान्ति प्रक्रियामा आउनु ठिक हो । जनयुद्ध मात्रै गरेको भए पेरुको जस्तो माओवादीको अस्तित्व नै सकिन्थ्यो ।’
माओवादीबाट छुट्टिएका नेत्रविक्रम चन्द, डा बाबुराम भट्टराई र मोहन वैद्यको नीति ठिक छैन भन्ने जनताको अभिमतबाट देखिएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, ‘माक्र्सवादलाई लात हानेर गएका बाबुरामविरुद्ध सच्चा माक्र्सवादी गोरखा क्षेत्र नं २ मा उठाउँछौ ।’
पूर्वप्रधानमन्त्री दाहालले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत एजेण्डा माओवादीको भए पनि जनतालाई बुझाउन नसक्दा माओवादी पराजित भएको बताउनुभयो । माओवादीले बास्मती चामल फलाएर पनि बिक्री गर्न नसकेको भन्दै अध्यक्ष दाहालले अरु दलहरुले कुहिएको पीठो बिक्री गरेको टिप्पणी गर्नुभयो ।
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक