
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बाराको कलैयामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
कलैया, ३० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताउनुभएको छ ।
बाराको सदरमुकाम कलैयामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरिँदै उहाँले ढिलै भए पनि तराई–मधेशका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका देउवाले एमाले पाटी मुलुकमा विखण्डन ल्याउन खोजेको कुरा मधेसका जनता बुझिसकेको बताउँदै मधेशी जनताको अधिकार प्रवद्र्धनका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै मतदातामा आग्रह गर्नुभयो ।
‘पहाडवादको खोक्रो नारा दिएर मुलुकको विकास हुन सक्दैन्’, उहाँले भन्नुभयो – ‘एमालेले हिमाल, पहाड र तराईका जनताको सम्मान हुने काम गर्नुपर्दछ ।’
सभापति देउवाले काँग्रेस मधेसको भूमिबाट जन्मेको पार्टी भएकाले तराई– मधेसको रक्षा गर्ने दायित्व पनि काँग्रेसकै काँधमा आएको बताउँदै काँग्रेसले अन्तिम समयसम्म मधेसको अधिकारका लागि लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दुई नम्बर प्रदेशमा नेपाली काँग्रेस पहिलो पार्टी हुने दाबी पनि उहाँले गर्नुभयो ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराईको भूमिमा नै रामनारायण मिश्र, शेख इद्रिश, भागवत् यादव, थिरबम मल्ल, रामनारायण मिश्र जस्तो योद्धा जन्मेको र काँग्रेसका लागि निकै ठूलो योग्दान गरेको स्मरण गर्दै तराई–मधेसको विकास र समृद्धिका लागि उहाँहरुले देखेको सपना काँग्रेसले पूरा गराएरै छाड्ने प्रतिबद्धता गर्नुभयो ।
स्थानीय तहको निर्वाचनपछि संविधान कार्यन्वयनमा टेवा पुग्ने तथा प्रदेश र संसदको चुनावपछि मधेसमा विकासको क्रान्ति ल्याउने बताउँदै उहाँले अगामी प्रदेश र संसदको चुनावमा काँग्रेसलाई दुई तिहाइ मतबाट विजयी गराउन सबैलाई आग्रह गर्नुभयो ।
पार्टी सभापति जयचन्द्र चौरसियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा काँग्रेसका नेता एंव पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य डा प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश रिजाल, सीताराम मेहता, सांसद लालबाबु सिंह, मधुशाही, रामअयोधयाप्रसाद यादवलगायतका नेताले काँग्रेसको पक्षमा मतदान गर्न सबै मतदातालाई आग्रह गर्नुभयो ।
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
विचार : सहजताको मूल्य र गोपनीयता