तमु समाज यूकेको दशौं वार्षिकोत्सव

लन्डन । तमु समाज यूकेले एक समारोहबीच दशौं वार्षिक उत्सव मनाएको छ । लन्डनस्थित हयारो लेजर सेन्टरमा गत ९ सेप्टम्बर २०१७ मा हर्ष र उल्लासमय वातावरणमा कार्यक्रम गरियो ।

समाजका अध्यक्ष अर्जुन कुमार गुरुङको अध्यक्षता र लण्डन बरो अफ ब्रेन्टका मेयर भगवानजी चौहानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थयो । प्रमुख अतिथि र समाजका अध्यक्षले पानसमा दीप प्रज्वलन गरी संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरे ।

कार्यक्रमको उद्घाटनसंगै नेपाल र बेलायतको राष्ट्रिय धुन बजाइएको थियो । दशौं बार्षिक उत्सवको औपचारिक कार्यक्रम समाजका महासचिव ज्ञानबहादुर गुरुङले सन्चालन गरेका थिए भने सल्लाहकार शिव कुमार गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ सम्बन्धी जानकारी गराए ।

यसै गरि कार्यक्रममा अध्यक्ष गुरुङले स्वागत तथा धन्यबाद मन्तब्य दिए । उनले उपस्थित सबैलाई दशौं वार्षिकोत्सवको सुःखद उपलक्षमा शुभकामना पनि व्यक्त गरे ।

मन्तव्यका क्रममा प्रमुख अतिथी लन्डन बरो अफ ब्रेन्टका मेयर भगवानजी चौहानले समाजले गरेको ऐतिहासिक दशौं वार्षिक उत्सव कार्यक्रममा सहभागी हुन पाउंदा खुशी व्यक्त गर्दै नेपालीहरुले बेलायती जिवन पद्धतिमा अन्तर घुलन तथा समाहित हुनुको साथै आफ्नो मौलिक नेपाली कला- संस्कृति सदा जोगाइराख्न आवश्यक रहेको बताए । उनले भावी पुस्तामा यसको हस्तान्तरण गर्नुपर्ने समेत बताए ।

सन् २००७ सेप्टम्बरमा स्थापना भई डिसेम्बर २०१२ मा बेलायतको च्यारिटी कमिसनमा बैधानिक रुपमा दर्ता भएको गैर नाफामुलक च्यारिटेवल सामाजिक संस्था तमु समाज यूकेले बेलायतवासी समस्त नेपाली र तमुहरुको हरेक दुःख सुःखमा साथ दिंदै आएको छ । समाजको सामाजिक सक्रियता र विगत १० वर्षमा यसले हांसिल गरेका उपलव्धिहरु गर्व गर्न लायक रहेको धेरैको बुझाइ छ । नेपाली तथा तमु कला संस्कृतिको प्रचार प्रसार, भाषा एवं भेषभूषा संरक्षण, सम्बर्धन तथा नयां पुस्तामा आफ्नो मौलिक परम्परा कायम गराउन यस संस्था निरन्तर रुपमा लागिरहेको छ ।

समाजले आफ्नो नेपाली तथा तमु पहिचानको जगेर्ना 
गर्दै स्वदेश तथा प्रवासमा विभिन्न सांस्कृतिक, सामाजिक तथा परोपकारी कार्य गरेको छ । बेलायती रहन सहन र जिवन पद्धतिमा अन्तर घुलन तथा समाहित हुंदै स्थानिय बेलायतीहरुको मन पनि जितेको छ संस्थाले ।

फलस्वरुप समाजले लन्डन बरो अफ ब्रेन्ट काउन्सिलबाट कम्युनिटी एसेट ट्रान्सफर योजना अन्तरगत एक सामुदायिक भवन प्राप्त गर्न सफल भएको छ । सम्भवतः स्थानिय सरकारबाट नेपाली सामाजिक संस्थाले लण्डनमा सामुदायिक भवन प्राप्त गरेको यो पहिलो हो । लन्डनको अति महत्वपूर्ण स्थान वेम्ली सडबरीमा अवस्थित उक्त भवनलाई तमु समाज यूकेले सुविधा सम्पन्न ‘रिनोभेसन’ गरि तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टर नामाकरण गरेको छ । ब्रेन्ट काउन्सिल लिडरको बाहुलीबाट उक्त सेन्टर समुद्घाटन भइसकेको छ ।

कार्यक्रममा समाजका अध्यक्ष गुरुङले सेन्टरबारे पनि अवगत गराएका थिए ।

कार्यक्रममा स्थापना कालदेखि वर्तमानसम्म विभिन्न कार्यसमितिका पदाधिकारी, सल्लाहकार, आमा समूह र युवा समूहका पदाधिकारीहरुलाई निस्वार्थ भावबाट समाजको सेवा गरी उल्लेख्य योगदान पुरयाए वापत ‘तमु समाज यूके १० औं वार्षिक उत्सव समाज सेवा अवार्ड’ प्रदान गरिएको छ ।

उक्त सम्मान तथा अवार्ड वितरणमा प्रमुख अतिथी लण्डन बरो अफ ब्रेन्टका मेयर, अतिथीहरु लण्डन बोरो अफ ब्रेन्टका हाउन्सलोका पूर्व उपमेयर काउन्सिलर विष्णुबहादुर गुरुङ, तमु पे ल्हु संघका अध्यक्ष मेजर खुशीमान गुरुङ, साउथ इष्ट रिजनल तमुधिंका अध्यक्ष चन्द्र गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डन्ड गुरुङ, तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिवशरण गुरुङ, पूर्व उपाध्यक्ष टिका गुरुङ र आमा समूहकी अध्यक्ष माया गुरुङ सहाभागी थिए ।

कार्यक्रममा नेपालबाट आएका फोनिज अध्यक्ष डन्ड गुरुङ, कास्की आवाज राष्ट्रिय दैनिकका प्रमुख सम्पादक हुमबहादुर गुरुङ, फोनिजका अन्य पत्रकारहरु गणेश राई, मनोज घर्तीमगर, देबेन्द्र लिम्बु, रोशनी गुरुङ र नेपाल देखि आएका अतिथि कलाकारहरु पवन राना, राजन गुरुङ र जमुना रानालाई समाजका अध्यक्ष र आमा समूहकी अध्यक्ष माया गुरुङले मायाको चिनो स्वरुप समाजको प्लेक र खादाले सम्मान गरे । यसैगरि फोनिजको चिनो अध्यक्ष डन्ड गुरुङ र तमु संसारको चिनो सञ्चारकर्मी रोशनी गुरुङले समाजलाई प्रदान गरेका थिए ।

कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकारहरु पवन राना, राजन गुरुङ र जमुना रानाको जोडदार प्रस्तुति थियो । तमु समाज यूकेको आमा समूह, युवा समूह र सयपत्री कल्चरल ग्रुपका कलाकारहरुको उत्कृष्ट नृत्यहरु पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । स्थानीय कलाकारहरुको उत्कृष्ट सांस्कृतिक तथा आधुनिक नृत्यहरु एवं अतिथी कलाकारहरुको बेजोड गायनले सबै रोमाञ्चित बने । सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी सरु गुरुङ राना र बिन्दु घलेले गरेका थिए भने कार्यक्रम सञ्चालन निरज गुरुङ र लक्ष्मी गुरुङले गरेका थिए ।

कार्यक्रममा बेलायती सांसद बीरेन्द्र शर्मा, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर खुशिमान गुरुङ (एमभिओ एमबिई), निवर्तमान अध्यक्ष सोम त्होर्जे तमु र पूर्व प्रमुख सल्लाहकार क्याप्टेन डेम बहादुर गुरुङ, पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष ददि आचार्य, चार भन्ज्याङ तमु समाज यूकेका अध्यक्ष मेजर कृष्णबहादुर गुरुङ, पुन समाज यूकेका अध्यक्ष एक बहादुर पुन, तनहुं समाज यूकेका अध्यक्ष लेख बहादुर गुरुङ, दुर्लुङ समाज यूकेका अध्यक्ष रक्ष्य बहादुर गुरुङ, तमु कलाकार सांस्कृतिक मञ्च यूकेका अध्यक्ष सुर्य गुरुङ, लमजुङ समाज यूकेका अध्यक्ष बोहत गुरुङ, रोयल बरो अफ 
ग्रीनवीच नेपाली सोसाइटीका अध्यक्ष हरिगोबिन्द गुरुङ, देवाचन बुद्धिष्ट सेन्टर यूकेका अध्यक्ष लामा धरम गुरुङ, कोडेक यूकेका उपाध्यक्ष धन तामाङ, यती नेपाल एसोसिएसन यूकेका पूर्व अध्यक्ष उमेशराज मोक्तान, एभरेष्ट ल फर्मका सोलिसिटर राजु थापा लगायत विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा गैर नेपाली अतिथिहरुलाई मायाको चिनो स्वरुप महिलालाई घलेक र पुरुषलाई नेपाली ढाका टोपी र ढाकाको टाई ओडाइ स्वागत गरिएको थियो ।

कार्यक्रम थप मनोरन्जन र रोचक बनाउन ‘राफल ड्र’ पनि गरिएको थियो । राफल ड्र को प्रथम पुरस्कार नेपाल जाने आउने हवाई टिकट ट्राभल कन्सोलका निर्देशक बिराज भट्टले प्रायोजन गरेका थिए । अन्य पुरस्कारहरुमा नगद १५० पाउन्ड आइएमआइ लन्डन मनि ट्रान्सफरका निर्देशक कमल पौडेल र रारा क्याटरिङका प्रोपाइटर प्रताप रायामाझीले घडी प्रायोजन गरेका थिए ।

अपरान्ह ५ बजे आरम्भ भएको वार्षिकोत्सव कार्यक्रम चांद म्यूजिक वल्डको डिजेसंगै मध्यरातमा समापन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री