लन्डन । बेजिङस्टोक नेप्लिज कम्युनिटी (बिएनसी) आमा समूहले बाढी पीडित, मुगु हेल्थ क्याम्प र तनहुंमा मन्दिर निर्माणार्थ कुल ५ लाख ३८ हजार ५ सय रुपैंया सहयोग प्रदान गरेको छ । उक्त समूहले बाढी पीडितका लागि रु २ लाख ३१ हजार रुपैयां र मुगु हेल्थ क्याम्पका लागि १ लाख ५६ हजार ५ सय गरि कुल ३ लाख ८७ हजार ५ सय रुपैयां प्रदान गरेको हो । सो रकम बिएफबिएस गोर्खा रेडियो नेपालमा कार्यरत विनोदध्वज खड्काको ‘काठमान्डौंको सौगात’ कार्यक्रममा सामाजिक अभियन्ता एवं राधा पौडेल फाउन्डेशनकी संस्थापक अध्यक्ष राधा पौडेललाई हस्तान्तरण गरियो । बिएनसी स्थापनाकाल देखिका सक्रिय सदस्य क्याप्टेन इन्द्र गुरुङले अभियन्ता पौडेललाई रकम हस्तान्तरण गरेका हुन् । पौडेल आफ्नो कृति खलंगामा हमलाका लागि मदन पुरस्कार विजेता हुन् ।
बाढी पीडितलाई प्रदान गरिएको कुल रु दुई लाख ३१ हजार मध्ये १ लाख रुपैंया बिएनसी लेडिज फन्ड र बांकी रकम तीज रमझम २०१७ मा डोनेशन बक्स, बिएनसी युथ, बिएनसी सदस्य र अन्य चन्दादाताले प्रदान गरेको रकमबाट संकलन गरिएको थियो । सोही अवसरमा गत मेमा बिएनसी आमा समूहले कर्णालीको मुगु हेल्थ क्याम्पका लागि आयोजना गरेको ‘लेडिज नाइट’ बाट संकलित एकलाख ५६ हजार ५ सय रुपैयां समेत इन्द्र गुरुङले पौडेललाई हस्तान्तरण गरे ।
यस अलावा तीज रमझम २०१७ बाट संकलित रकम मध्ये रु एक लाख ५१ हजार तनहुं गजरकोट गाउंमा नाहु कोट देवता मन्दिर निर्माण सहयोगार्थ बिएनसीका सक्रिय सदस्य बेम थापा र चित्रा थापामार्फत प्रदान गरिएको छ । बिएनसी आमा समूहले यो वर्ष कुल ५,३८, ५०० रुपैंया स्वदेशका ३ वटा महत्वपूर्ण च्यारिटीलाई प्रदान गर्न सफल भएको छ ।
समूहले विगत ९ वर्ष देखि बेजिङस्टोकमा तीज रमझम आयोजना गरि हरेक वर्ष स्वदेशका विविध संघसंस्थालाई सहयोग गर्दै आएको छ । तीज रमझमकी संयोजक सुधा गुरुङले विदेशमा बसे पनि आफ्नो भाषा, कला संस्कृति जगेर्ना गर्न जरुरी रहेको बताउंदै चाडबाड मनाउने नाममा केवल खाने पिउनेमात्र नभइ स्वदेशमा अति आवश्यक कार्यमा सहयोग गर्न हरेक वर्ष बिएनसी लेडिजले तीज रमझम गर्दै आएको बताइन् । उनले लेडिज नाइट र तीज रमझममा सहभागी भइ सत्कर्ममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुरयाउने सबैमा आभार समेत व्यक्त गरेकी छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न