लन्डन । बेजिङस्टोक नेप्लिज कम्युनिटी (बिएनसी) आमा समूहले बाढी पीडित, मुगु हेल्थ क्याम्प र तनहुंमा मन्दिर निर्माणार्थ कुल ५ लाख ३८ हजार ५ सय रुपैंया सहयोग प्रदान गरेको छ । उक्त समूहले बाढी पीडितका लागि रु २ लाख ३१ हजार रुपैयां र मुगु हेल्थ क्याम्पका लागि १ लाख ५६ हजार ५ सय गरि कुल ३ लाख ८७ हजार ५ सय रुपैयां प्रदान गरेको हो । सो रकम बिएफबिएस गोर्खा रेडियो नेपालमा कार्यरत विनोदध्वज खड्काको ‘काठमान्डौंको सौगात’ कार्यक्रममा सामाजिक अभियन्ता एवं राधा पौडेल फाउन्डेशनकी संस्थापक अध्यक्ष राधा पौडेललाई हस्तान्तरण गरियो । बिएनसी स्थापनाकाल देखिका सक्रिय सदस्य क्याप्टेन इन्द्र गुरुङले अभियन्ता पौडेललाई रकम हस्तान्तरण गरेका हुन् । पौडेल आफ्नो कृति खलंगामा हमलाका लागि मदन पुरस्कार विजेता हुन् ।
बाढी पीडितलाई प्रदान गरिएको कुल रु दुई लाख ३१ हजार मध्ये १ लाख रुपैंया बिएनसी लेडिज फन्ड र बांकी रकम तीज रमझम २०१७ मा डोनेशन बक्स, बिएनसी युथ, बिएनसी सदस्य र अन्य चन्दादाताले प्रदान गरेको रकमबाट संकलन गरिएको थियो । सोही अवसरमा गत मेमा बिएनसी आमा समूहले कर्णालीको मुगु हेल्थ क्याम्पका लागि आयोजना गरेको ‘लेडिज नाइट’ बाट संकलित एकलाख ५६ हजार ५ सय रुपैयां समेत इन्द्र गुरुङले पौडेललाई हस्तान्तरण गरे ।
यस अलावा तीज रमझम २०१७ बाट संकलित रकम मध्ये रु एक लाख ५१ हजार तनहुं गजरकोट गाउंमा नाहु कोट देवता मन्दिर निर्माण सहयोगार्थ बिएनसीका सक्रिय सदस्य बेम थापा र चित्रा थापामार्फत प्रदान गरिएको छ । बिएनसी आमा समूहले यो वर्ष कुल ५,३८, ५०० रुपैंया स्वदेशका ३ वटा महत्वपूर्ण च्यारिटीलाई प्रदान गर्न सफल भएको छ ।
समूहले विगत ९ वर्ष देखि बेजिङस्टोकमा तीज रमझम आयोजना गरि हरेक वर्ष स्वदेशका विविध संघसंस्थालाई सहयोग गर्दै आएको छ । तीज रमझमकी संयोजक सुधा गुरुङले विदेशमा बसे पनि आफ्नो भाषा, कला संस्कृति जगेर्ना गर्न जरुरी रहेको बताउंदै चाडबाड मनाउने नाममा केवल खाने पिउनेमात्र नभइ स्वदेशमा अति आवश्यक कार्यमा सहयोग गर्न हरेक वर्ष बिएनसी लेडिजले तीज रमझम गर्दै आएको बताइन् । उनले लेडिज नाइट र तीज रमझममा सहभागी भइ सत्कर्ममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुरयाउने सबैमा आभार समेत व्यक्त गरेकी छन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश