वासिङ्टन (संयुक्त राज्य अमेरिका), २६ भदौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी इतिहासमै दर्दनाक घटना मानिएको सन् २००१ को सेप्टेम्वर ११ मा भएको घटनालाई राष्ट्रपतिका रूपमा सोमबार वासिङ्टनमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ ।
भण्डै तीन हजार अमेरिकी तथा विदेशी नागरिकको मृत्यु हुनेगरी गरिएको आक्रमणमा निधन भएका नागरिकको सम्झनामा वासिङ्टन, न्यूयोर्क, म्यानह्याटन लगायतका ठाउँहरूमा कार्यक्रम गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
वासिङ्टनमा भएको कार्यक्रममा राष्ट्रपति ट्रम्प तथा उहाँकी धर्मपत्नी मेलानियाले आफ्नो छातीमा हात राखी टाउको निहुराएर मन्द घन्टीको तालमा आक्रमणमा ज्यान गुमाएका नागरिकलाई सम्मान व्यक्त गर्नुभएको थियो ।
सोह्रबर्ष पहिले अमेरिकाका छुट्टाछुट्टै स्थान पेन्टागन तथा पेनसिल्विनियामा अलकायदा समूहले विमान अपहरण गरी गरेका आक्रमणमा परी दुई हजार ९९७ जनाले ज्यान गुमाएका थिए ।
रक्षा मन्त्री जिम म्याटिस तथा अमेरिकी सेनाका अध्यक्ष जोसेफ डनफोर्डले सानक्सविलमा छुट्टै कार्यक्रममा सहभागी बनी घटनामा शाहदत प्राप्त गरेका पीडितप्रति सम्मान व्यक्त गर्नुभएको छ ।
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने