
लन्डन । बेलायतवासी निर्माता र नायक अभिनित फिल्म ‘उल्झन’ को छायांकन सकिएको छ । रुमानी सपना बोकेर बिदेशिएको युवा, उसको भोगाई र त्यसले घर समाजमा उत्पन्न परिस्थिति लाई विषयबस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘उल्झन’ को नेपालको सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जनाएको छ ।
बेलायत निवासी ध्रुब दत्त, रजनी केसी, बेनी ढुंगाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी लगायत कलाकारहरुको अभिनय रहेको उक्त चलचित्रको छायांकन सकेर नायक दत्त बेलायत फर्किइसकेका छन् । चलचित्रले समाजको ज्वलन्त कथा बोलेको र निर्माण प्रकृयामा विशेष ध्यान दिइएकाले दर्शकहरुले चलचित्र मन पराउने विश्वास दत्तलाई छ ।
नेपाल र बेल्जियममा छायांकन गरिएको सो चलचित्रमा तेजेन्द्र कंडेलको प्रस्तुति र राजु अधिकारीको निर्देशन छ । अंग्रेजी नयां वर्षको सेरोफेरोमा बेलायत र बेल्जियममा वल्ड प्रिमियर गर्ने सोच निर्माताहरुको छ ।
उक्त चलचित्रको निर्माताहरुमा नवीन अधिकारी, सन्तोष अधिकारी र हरि कार्की एवं यूके प्रोड्युसरमा नारायण ढुंगाना छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता