
लन्डन । बेलायतवासी निर्माता र नायक अभिनित फिल्म ‘उल्झन’ को छायांकन सकिएको छ । रुमानी सपना बोकेर बिदेशिएको युवा, उसको भोगाई र त्यसले घर समाजमा उत्पन्न परिस्थिति लाई विषयबस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘उल्झन’ को नेपालको सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जनाएको छ ।
बेलायत निवासी ध्रुब दत्त, रजनी केसी, बेनी ढुंगाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी लगायत कलाकारहरुको अभिनय रहेको उक्त चलचित्रको छायांकन सकेर नायक दत्त बेलायत फर्किइसकेका छन् । चलचित्रले समाजको ज्वलन्त कथा बोलेको र निर्माण प्रकृयामा विशेष ध्यान दिइएकाले दर्शकहरुले चलचित्र मन पराउने विश्वास दत्तलाई छ ।
नेपाल र बेल्जियममा छायांकन गरिएको सो चलचित्रमा तेजेन्द्र कंडेलको प्रस्तुति र राजु अधिकारीको निर्देशन छ । अंग्रेजी नयां वर्षको सेरोफेरोमा बेलायत र बेल्जियममा वल्ड प्रिमियर गर्ने सोच निर्माताहरुको छ ।
उक्त चलचित्रको निर्माताहरुमा नवीन अधिकारी, सन्तोष अधिकारी र हरि कार्की एवं यूके प्रोड्युसरमा नारायण ढुंगाना छन् ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित