काठमाडौँ, २१ भदौ । जिल्ला अदालत काठमाडौँले यही भदौ २३ सम्म चर्चित रियालिटी शो ‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन आन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश विभाकर भट्टको एकल इजलासले आज नेपाल आइडलको भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार २३ गते दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।
अधिवक्ता यज्ञमणि न्यौपानेलगायतले चारै प्रतिस्पर्थीमध्ये कसैलाई आउट नगरी पुनः भोटिङ गर्ने निर्णय खारेज गर्न माग गर्दै रिट निवेदन दायर गर्नु भएको थियो । आयोजकले अर्को साताको आइडलको प्रस्तुतिमा आउने भोटसँगै पछिल्लो भोट जोडेर आउट हुने जानकारी गराएको थियो ।
आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतिपछि भोटिङ खुला गरिएको थियो । राती ८ः४५ देखि १२ बजेसम्म भोटिङका लागि समय खुला गरिएको थियो । सो अवधिमा ३७ लाख भोट आएपनि त्यसको आधारमा १६ गतेको प्रस्तुतिमा कसैलाई आउट गरिएको थिएन ।
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
विचार : सहजताको मूल्य र गोपनीयता
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका