
नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास एक्स सूर्य किरण बाह्रमा सहभागी दुवै देशका सैनिकहरु । तस्बिरः सौजन्यः नेपाली सेना, रासस
काठामाडौँ, १८ भदौ । नेपाली सेना र भारतीय सेनाबीच एक्स सूर्य किरणको संयुक्त अभ्यासको बाह्रौँ श्रृङखला रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा आजदेखि शुरु भएको छ ।
विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषय समावेश गरी संचालन भएको उक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले आज शुभारम्भ गर्नुभयो ।
संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी जयन्द्र केसी र भारतीय सेनाबाट महासेनानी ललित मोहन मिश्राले नेतृत्व गर्नुभएको छ । दुवै देशका करिब ३००-३०० जना नफ्रि सहभागी गराई सञ्चालन भएको सो संयुक्त अभ्यास यही भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ ।
यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुर्य किरणको एघारौं संस्करण भारतको पिथौरागढमा भएको थियो । विसं २०६७ बाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको सो संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी ११ पटक सफलतापुर्वक सञ्चालन भइसकेको छ ।
संयुक्त अभ्यासमा प्रतिव्रिदोह तथा प्रतिआतंकवादलगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचार सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा आदानप्र्रदान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान हुनेछ । सो संयुक्त सैनिक अभ्यासले दुई देशबीच वषौँदेखि रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने तथा दुवै देशको सेनाको सकलदर्जाबीच समझदारीमा अभिवृद्धि हुने नेपाली सेनाले विश्वास लिएको छ ।
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने